२४ वैशाख २०८१ सोमबार
image/svg+xml

हुम्ली–बझाङी गौरा धनगढीमा

बझाङमा पुर्ख्यौली घर भई धनगढीमा बसोबास गर्दै आएका बझाङी ठकुरीहरुले बुधबार धनगढीमा भव्यरुपमा गौरा पर्व मनाएका हुन्।

सुदूरपश्चिममा सुरु भयो गौरा, थारू समुदायमा ‘अट्वारी'काे राैनक

आइतबार ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतिक पाँच प्रकारका अन्नहरू गुराउस, चना, कलउँ, केराउ र गहत) भिजाएर सुदूरपश्चिममा गौरा पर्वको सुरुवात भएको छ। गौरामा ब्रत बस्ने ब्रतालुहरूले आइतबार बिहानै गौराघरबाट तामाको भाँडोमा बिरुडा लिएर नजिकैको धारा तथा तलाउमा गएर भिजाएका छन्। बिरुडा भिजाएर आइतबारदेखि विधिवतरूपमा गौरा पर्वको सुरुवाती भएको हो।

पुरुषको जनैपूर्णिमा, नारीको गौरा

पवित्रताको भावनासँग सम्बद्ध यो पर्व हिन्दू पुरुषको जनै पूर्णिमाजस्तै महिलाको दुवाधागो (मन्त्रेको दुबोसहितको धागो) ग्रहण गर्ने व्रत हो। मूल रूपमा यस पर्वमा तागाधारी जातिका विवाहित महिलाले व्रत उपासनासहित दुवाधागो विधिवत रूपमा घाँटीमा मालाजसरी धारण गर्छन्।

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित आठ पक्राउ

सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

सिन्धुपाल्चोककै ठूलो गौराती मेला सम्पन्न

धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ।

गैरा पर्वको रौनक

पछिल्ला केही वर्ष यता डडेल्धुराको सदरमुकाममा गौरा पर्व मनाइदै आएको छ। उक्त गौरा भर्नको लागि जिल्लाका मान्छे मात्र होइन्। अन्य जिल्लाका मान्छेको पनि ताति लाग्ने गर्छ ।

गौरा पर्वको विशेष दिन अठेवाली मनाइँदै

गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमी अर्थात अठेवाली आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ।

‘गौरा’ पर्वमा डेउडाको रौनक

सुदूरपश्चिम प्रदेशमा बिहीबार गौराको प्रतीमा भित्र्याएसँगै डेउडा सुरु भएको छ। गौरा पर्वको प्रमुख आकर्षण डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ। सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन्छ। महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन्।

गौरा गीत : महिला संवेदनाहरुको अद्भूत संगम

आमाबुवाको घरमा दाजुभाईभन्दा आफूलाई सबै अवसरहरुबाट बिभेद गरेको, पतिका घरमा सासुले, नन्दले दुःख दिएका त्यस्तै वालविवाह, बहुबिवाहका कारण आफूले भोग्नु परेको व्यथा, मिलन बिछोडहरुलाई कारुणीक तवरले घरगीत, देउडाहरुका  माध्यमबाट पोख्न पाउनु यो पर्वको एउटा बिशेषता हो। उनीहरुले गाउने गीतहरुमा बस्तुगत अनुभवहरुसँगै भाकामा मौलिकताको सन्निवेश भएको हुन्छ।

आज विरुडा पञ्चमीः गौरा पर्व सुरु

सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिबत् सुरु भएको छ। गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ। आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ।

टुंडिखेलमा गौराको रौनक (फोटो फिचर)

सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा पर्व मनाएका छन्। राजधानी काठमाडौंमा पनि टुंडिखेलमा विषेश कार्यक्रम गरेर गौरा पर्व मनाइएको छ।

धुमधामका साथ गौरा पर्व मनाइँदै (फाेटाे फिचर)

प्रदेश नम्बर ७ अर्थात् सुदूरपश्चिममा आज (सोमबार) धुमधामका साथ गौरा पर्व मनाइँदै छ। आज बिहानैबाट यहाँका गौरा घर, मन्दिरमा गौरा र महेश्वरको पूजाआराधना गरिँदै छ।

सुरु भयो गौरा, गुञ्जिन थाले देउडाका भाका

सुदुरपश्चिमेलीको महान पर्व गौरा विधिवत रुपमा सोमबारदेखि सुरु भएको छ। गौरा पर्वको सुरुवातअघि नै यहाँका पहाडदेखि तराईका जिल्लामा डेउडा भाका गुञ्जयमान भैरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्