१९ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रकविको जीवनमा त्यो खेल

२०१८–१९ सालतिरको कुरो हो, हाम्रो डेरा नयाँ बजारमा थियो। बुवा प्रत्येक शनिबार आफ्ना अग्रज लेखनाथको ठमेलस्थित घरमा तास खेल्न जानुहुन्थ्यो। त्यहाँ बुवाबाहेक अरू लेखकको पनि ठूलै जमघट हुन्थ्यो। जमघटका लागि तास त एउटा निहुँ मात्र थियो। तासको प्रत्येक चालसँगै साहित्यिक चर्चा परिचर्चा हुन्थ्यो।

बुवाले चर्चिनुभएको सुन्दर बगैँचा

यो यही भाग्यमानी चौर हो, जहाँ बुवाका सन्तानहरूका विवाह व्रतबन्धजस्ता खुसीका कार्यक्रम भए । बुवाआमाको सहस्र चन्द्रदर्शन र बुवाको १०१ वर्षको जन्मोत्सव जस्तो पवित्र एवम् दिव्य धार्मिक कार्य भए ।

राष्ट्रकवि: समर्थन र विरोध

हामीलाई महाकवि देवकोटा मनपर्दैन, उनले शिक्षामन्त्री हुँदा मातृभाषामा पढ्न पाउने अधिकारबाट सम्पूर्ण अन्य भाषाभाषीलाई कुठाराघात गरे। कविशिरोमणि लेखनाथ मनपर्दैन, उनले राणा र राजाको गुणगानमा भनेर राणाका लागि ‘पिँजडाको सुगा’ लेखे। अम्बर गुरुङ मनपरेन, उनलाई राजा महेन्द्रले नेपाल ल्याए। हामीलाई बालकृष्ण सम मनपर्दैन, किनकि उनी कुलीन राणाको घरमा जन्मिए।

गीतकारका रूपमा राष्ट्रकवि माधव घिमिरे

‘म गीत पनि लेख्छु, कविता पनि लेख्छु। यी दुवै नै कविता हुन्, एउटा पाठ्य कविता हो भने अर्को गेय कविता हो। एउटा सामान्य लयमा गाइने गीत हो भने अर्को विशेष लयमा गाइने गीत हो।’

राष्ट्रकविप्रति श्रद्धासुमन

‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ बोलको गीत होस् वा ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ लगायतका गीत नै किन नहोऊन्, तिनमा व्यक्त भावले उनको राष्ट्रप्रेम झल्काएको छ ।

राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको बिदाइ

१३ वर्षको उमेरदेखि नै सिर्जनालाई अँगालेका उनले जिन्दगी नै त्यसैमा बिताए । राणाकाल, प्रजातन्त्र र गणतन्त्रसम्म भोग्दै साहित्य सिर्जना गरे । उनलाई २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘राष्ट्रकवि’को उपाधि दिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्