१९ मंसिर २०८१ बुधबार
image/svg+xml

इतिहासको अभिलेखीकरण गर्न कन्जुस्याइँ

आचार्य भन्छन्,‘म भाषा जोगाउने अभियानमा छु। यहाँका सरोकारवाला विदेशी भाषाको वयान गर्छन्। थोरै खर्चले ईतिहासको अभिलेखीकरण गरौं भन्छु,अरूको चासो जादैंन। मैले एक दशकदेखि संकलन गरेर राखेका शब्द दराजको र्‍याकमा थन्किएका छन्। म चाहान्छु मैले संकलन गरेका शब्दको शब्दकोष म जीवित हुँदै प्रकाशन गर्न पाउँ। यही अन्तिम धोको छ।’

कोरोना मृत्यु अभिलेख संख्या छ, पहिचान छैन

वीरगन्जमा कोरोनाका कारण मृत्यु हुने चारजना थिए। तीमध्ये बाराका दुई र रौतहटका एक गरी तीनजनाको बेग्लाबेग्लै अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने एकजनाको ठेगाना खुलेको थिएन। अहिले लक्षणसहितको कोरोना संक्रमित देखिन थालेपछि मृतकको संख्या बढिरहेको हो।

सन्धिका अभिलेख असुरक्षितः विडारी

लिपुलेकलगायतका महत्वपूर्ण सुगौली सन्धिका अभिलेख सरकारसँग नभएको राष्ट्रियसभा सदस्य तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले बताएका छन्।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न दिँदैनौं– मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय नसार्ने अडान लिएका छन्।

मालपोत कार्यालयमा अनलाइन सेवा

भूमि व्यवस्था तथा अभिलेख विभागले मुलुकका ८६ वटा मालपोत कार्यालयमा भूअभिलेख सूचना व्यवस्थापन प्रणाली विस्तार गरेको छ । देशभरका १ सय ३१ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने क्रममा ८६ वटामा विस्तार भइसकेको हो । जिल्ला मालपोत कार्यालयमा पनि गत सातादेखि यो सेवा सुरु गरिएको छ । यो सेवा दिने रसुवा जिल्ला मालपोत कार्यालय ८६ औं हो ।

अभिलेखालयमै पुग्दैनन् २५ वर्ष पुराना सरकारी अभिलेख

अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन।

अन्ततः प्रधानमन्त्रीको बोली असंसदीय ठहर, अभिलेखबाट हटाइयो

प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने क्रममा ‘निम्छरो’ शब्द प्रयोगप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीले नाराबाजी गरेका थियो।

कारबाही अघि बढाउन महाशाखालाई पत्र

तारागाउँ विकास समिति र हायात होटलको जग्गा विवादबारे छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रतिवेदन बुझाएको छ। मंलबार समितिका संयोजक भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक समरबहादुर सिंह ठकुरीले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई प्रतिवेदन बुझाएका हुन्।

अभिलेखालयमा जनशक्ति अभाव

कार्यालयको स्तरोन्नति भएको आठ महीना बित्दासमेत जनशक्ति कम हुँदा राष्ट्रिय अभिलेखालयमा दैनिक कार्यालय सञ्चालन गर्न कठिनाई हुन थालेको छ।

भ्रष्टाचारका जेलिएका जराहरू

भ्रष्टाचार आफू र आफन्तले गर्न र लुकाउन सके ठीक हुने तर अरुले भने गर्न नहुने भनी उपदेश दिइने अपराध हो। यो सामान्य मानिसभन्दा शिक्षित, पढालेखा, जान्नेसुन्ने, पदमा रहेका, देश÷विदेश देखेका र पदमा रहेका व्यक्तिलाई प्रभाव पार्न सक्ने व्यक्तिहरूले गर्ने अपराध हो।

राजगुठी कमलपाेखरी यसरी भयो व्यक्तिको

श्री सिंह सार्‍थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ वहिल कमलपोखरीको डिलको बगैंचामा फुलेको फूल दिनहुँ भगवान्को पूजामा प्रयोग गरिने उल्लेख छ। पञ्चामृतस्नान गरिने र भगवान्लाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो। कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्‍ष पुरानो भएको अभिलेखहरूले देखाउँछन्।

अभिलेखमा ४७ विद्यार्थी, कक्षामा शून्य

सखुवानन्कारकट्टी गाउँपालिका–२, सोठियाइनस्थित मनेलाल जनता माविमा कक्षा ११ र १२ मा ४७ विद्यार्थी अध्यनरत छन्। अभिलेखअनुसार कक्षा ११ मा २५ र कक्षा १२ मा २२ जना विद्यार्थी छन्। तर, कक्षामा पढाइ हुँदैन्।

भाषा नाश हुने बाटो

नेपाली भाषा विविध सामाजिक र भौगोलिक परिवेशमा बोलिन्छ। त्यसैले बोलाइमा स्वाभाविक रूपमा सामाजिक तथा भौगोलिक भेदहरू रहेका छन्। त्यसैले बोलाइमा एकरूपता कायम गर्न सकिने अवस्था छैन। बोलाइमा विविधता नै नेपाली भाषाको विशेषता हो र भाषाको जीवन रस पनि हो।

सहकारीे अभिलेख हस्तान्तरण

खोटाङका स्थानीय तहलाई सहकारीको अभिलेख हस्तान्तरण गरिएको छ । राज्यको पुःर्नसंरचनासँगै अधिकांश कार्यालयलाई स्थानीय सरकारको मातहतमा लैजानेक्रममा नेपाल सरकार कृषि भूमी व्यवस्था तथा सहकारी व्यवस्थापन सहकारी बिभाग डिभिजन सहकारी कार्यालय उदयपुरले जिल्लामा सञ्चालनमा रहेका १२६ सहकारीको अभिलेख दुई नगरपालिका र आठ गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

एउटा समयको अभिलेख

नेपाली राजतन्त्रका अन्तिम शाह राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते नेपाली जनताको निर्वाचित सरकार विघटन गरेर आफ्नो हातमा शासन सत्ता लिँदा म भारतको राजधानी नयाँ दिल्लीमा आइपिपिएफ (इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडरेसन) को दक्षिण एसिया क्षेत्रीय कार्यालयमा कार्यरत थिएँ । यो कार्यालय लन्डनबाट भर्खरै नयाँ दिल्ली सरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्