२० मंसिर २०८१ बिहीबार
image/svg+xml

अभिलेखालयमा अतिक्रमण

खिलराज रेग्मीले प्रधानन्यायाधीश छोडी सरकार प्रमुख भएपछि २०७१ वैशाख २५ मा मन्त्रिपरिषद् बैठकबाट हालको राष्ट्रिय अभिलेखालय अन्यत्र सारेर उक्त स्थानमा सर्वोच्च अदालतका लागि मोटर पार्किङ स्थल बनाउने निर्णय गराए । अभिलेखालय सार्नुपरे हस्तलिखित बहुमूल्य हजारौँ सामग्री नाश हुनेछन् । अभिलेखालय सार्नु प्रधानन्यायाधीश सिंहदरबारको जागिर खान सर्नु जस्तो ‘सस्तो’ होइन ।

यस्ता छन् ढुंगामा कोरिएका मल्लकालीन अभिलेख

‘हामीले इतिहास खोतल्दै जाँदा काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमाथि चारैतिरबाट आक्रमण गर्दा चट्टान अभिलेख बनाउँदै गएको भेटायौं । केही वर्षअघि मात्रै भक्तपुरको ख्वप कलेजमा पढ्ने विद्यार्थीले यी चट्टानबारे जानकारी दिएका थिए । त्यो भन्दाअघि यहाँ महत्त्वपूर्ण चट्टान छ भन्ने धेरैलाई थाहै थिएन ।’

मन्त्रालय फुटाउँदा अभिलेख राख्न समस्या

राजनीतिक भागबन्डाका लागि मन्त्रालय फुटाउने प्रवृत्ति नेपालका लागि नौलो होइन । तर मन्त्रालय फुटाउँदा अभिलेख व्यवस्थापनमा असर पर्ने गरेको छ ।

व्यक्तिगत घरायसी लिखत कागज पनि अभिलेखालयमा राखिने

राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ।

भेटियो लिच्छविकालीन अभिलेख

काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा लिच्छविकालीन अभिलेख भेटिएको छ। पुरातत्व विभागले अनुसन्धानको क्रममा उक्त अभिलेख फेला पारेको हो। भकुन्डेबेसीको मुख्यबजार नजिकै एक स्थानीय मन्दिरमा नयाँ चतुर्मुखी शिवलिंगसहित दुई तहको ढुंगाको जलहरीको पिठमा अभिलेख फेला परेको विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले जानकारी दिए।

दुर्लभ ग्रन्थ ‘पेमा काथाङ’ अभिलेखालयमा

संसारकै दुर्लभ मानिएको ‘पेमा काथाङ’ ग्रन्थ नेपालको राष्ट्रिय अभिलेखालयमा पाइएको छ। तिब्बती भाषाको उक्त ग्रन्थ संसारमै एक प्रतिमात्र छ। उग्यन गुरु पेमा ज्युङ ने क्यी नाम्थार डिङपो स्हाङ लिङ्मार ढाग्पा सुग्सो नामको यो ग्रन्थ अभिलेखालयबाहेक अन्यत्र कतै फेला नपरेको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक पुण्यप्रसाद पराजुलीले बताए।

ड्राेन क्यामेराले उतार्छ– बागमतीमा फोहर फाल्ने र जग्गा मिच्नेको अभिलेख

बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ।

हजारौं ग्रन्थ र अभिलेख जोखिममा

सरकारी निर्णयअनुसार सर्वोच्च अदालतले हाल अभिलेखालय रहेको जग्गा यथाशीघ्र खाली गराउन भनेको छ। उक्त ठाउँमा भवन निर्माणका लागि माटो परीक्षणसमेत सुरु गरेपछि अभिलेखालयमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेख नष्ट हुने खतरा बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्