८ वैशाख २०८२ सोमबार
image/svg+xml ११:१३ पूर्वाह्न

आन्तरिक पाहुनालाई फेवा महोत्सवको निम्ता

पोखरामा हुने फेवा नववर्ष महोत्सवका लागि पोखरेली व्यावसायीले काठमाडौंका पाहुनालाई आमन्त्रण गरेका छन्।

‘जाउँ है पोखरा’, जसले पोखरालाई आन्तरिक पाहुना चिनायो

दशक लामो द्वन्द्वका बेला विदेशी पाहुना अभाव खड्केपछि पोखराको पर्यटन क्षेत्रले बल्ल आन्तरिक पाहुनाको महत्व बुझ्‌न थालेको थियो। आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्र चलायमान हुन सक्ने सम्भावना देखेपछि पोखराले आन्तरिक पाहुनालाई पोखरा घुम्नेगरि बोलाउन पनि थालेको थियो। त्यसैको निरन्तरता स्वरुप योपटक पनि पोखराले आन्तरिक पाहुनालाई पोखरा घुम्न निम्तो दिँदै विभिन्न सहरमा प्रर्वद्धनात्मक अभियान थालेको छ।

आन्तरिक पाहुनाको हिस्सा करिब ३५ प्रतिशत

आर्थिक शिथिलला, युवाको विदेश पलायन, कोरोना संक्रमण, हिडडुलमा केही अप्ठेरा लगायतका कारणले पछिल्लो पाँचवर्षमा आन्तरिक पाहुनाको हिस्सा ५ प्रतिशत खस्केको अनुमान पर्यटन व्यावसायीको रहेको छ।

पोखराः आएनन् आन्तरिक पाहुना पनि

यो बेला विदेशी पर्यटकको नेपाल घुम्ने सिजन हो। सेप्टेम्बर–नोभेम्बर विदेशी पाहुनाको सिजन मानिन्छ। पदयात्राका लागि उपयुक्त समय भएकोले यो बेला विदेशीको आगमन बढ्ने गर्छ। त्यसबाहेक चाँडबाँडका कारण हुने लामो बिदाले गर्दा पर्याप्त आन्तरिक पाहुना पनि पोखरा घुम्न आउने गरेका थिए। तर, यो वर्ष भने विदेशी र आन्तरिक पाहुना नआउँदा पोखरा सुनसान छ।

घोरेपानी–पुनहिल क्षेत्रमा आन्तरिक पाहुनाको भीडभाड

पदयात्रा र सडक सञ्जालबाट पुग्न सकिने भएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिल क्षेत्रमा पछिल्ला दिनमा विदेशी भन्दा स्वदेशी पाहुनाको भीड लाग्न थालेको छ।

एबिसी पदयात्रामा पाहुना खचाखच

अन्नपूर्ण बेस क्याम्प (एबिसी) पदमार्गको प्रवेशद्वार मानिने घान्द्रुकभन्दा माथि आधार शिविरसम्म अहिले स्वदेशी तथा विदेशी पाहुनाको भीडभाड छ।

मुस्ताङमा ६ महिनामा १ लाख ९० हजार पाहुना

पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एकलाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एकलाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ। ती मध्ये डेढलाख बढी पाहुना आन्तरिक रहेको प्रहरीले बताएको छ।

पाहुना स्वागत गर्न पोखरा आतुर

पर्यटन व्यवसायीका अनुसार सन् २००० ताका पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब पाँच प्रतिशत मात्र थियो। अहिले त्यो हिस्सा ३५ प्रतिशत नाघिसकेको छ।

तिहारको रमझम, ‘लेकसाइड’मा छमछम...

चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ।

दसैंले चलायमान बनाएको पोखराको पर्यटन

लामो समयदेखि पोखराको पर्यटन क्षेत्रले पाहुना नआएको गुनासो गरिरहेको छ। पृथ्वी राजमार्ग बिस्तार चलिरहँदा पाहुना आगमन प्रभावित भएको गुनासो व्यावसायीले गरिरहेका छन्। राजमार्ग बिस्तारको असर अहिले दसैंको लामो बिदामा समेत परेको उनीहरुले बताए।

आन्तरिक पाहुनाः कोठाको मुल्यमा ‘बार्गेनिङ’ तर, खानपिनमा निस्फिक्रि

पर्यटन व्यवसायीका अनुसार आन्तरिक पाहुना संख्यात्मक रुपमा ठुलो आकार मात्र नभई खर्च गर्ने मामलामा पनि उत्तिकै अब्बल छन्। व्यवसायीका अनुसार आन्तरिक पाहुना बरु, कोठाको मुल्यमा ‘बार्गेनिङ’ गर्छन, तर, खानपिनमा खुलेर खर्चन्छन्, पटक्कै कन्जुस्याँइ गर्दैनन्। पोखरेली व्यावसायीका अनुसार अहिले पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा करिब ४० प्रतिशत पुगिसकेको छ।

गर्मीले आत्तिदैं, डाँडाकाँडा उक्लिंदै

पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीनवर्ष अघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ। तापक्रम बढेसँगै सहरभित्रको चहलपहल घटेपनि आसपासका पर्यटकीय गाउँमा भने यो बेलामा पनि आन्तरिक पाहुना उक्लिएको त्यहाँका व्यवसायीले बताएका छन्। पोखराको गर्मी छल्ने गन्तव्यको रुपमा अहिले आसपासका पर्यटकीय गाउँ परेको उनीहरुले बताएका छन्।

पोखरामा आन्तरिक पाहुनालाई ३० प्रतिशत छुट

कोभिडले थला परेको पर्यटनलाई नयाँ आयाम थप्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न होटल संघ यतिबेला ‘जाउँ है पोखरा’ अभियानमा छ। विभिन्न शहर बजार पुगेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने धुनमा संघ जुटेको छ। नयाँ वर्षमा आउने आन्तरिक पर्यटकलाई होटलमा छुट दिई आन्तरिक पर्यटन मार्फत थला परेको पर्यटन क्षेत्रलाई उकास्ने योजना व्यवसायीले बनाएका छन्।

पर्यटनमा ओमिक्रोन त्रासः आन्तरिक पाहुना पनि रोकिने डर

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले गर्दा सरकारले हिडडुलमा कडाई गर्ने संकेत गरेसँगै पर्यटन क्षेत्र पुनः त्रसित बनेको छ। आन्तरिक पाहुना आउजाउका कारण पर्यटनले ७०–८० किलोमिटरको गति लिएकोमा अब खुम्चिएर १० किलोमिटरको गतिमा झर्ने चिन्ता पलाएको व्यावसायीले बताएका छन्।

पोखरा: आन्तरिक पाहुनालाई ‘प्याकेज’ नै छैन

पर्यटन क्षेत्र अप्ठेरोमा परेको बेला प्याकेज ल्याएर पाहुनालाई पोखरा घुम्न बोलाउने गरेका व्यवसायीले यो दुईवर्षको अवधिमा थप आन्तरिक पाहुना तान्ने गरि गतिला कार्यक्रम ल्याउन सकेनन्। व्यक्तिगत रुपमा व्यवसायीले प्याकेजमा पाहुनालाई सेवा दिने गरेपनि सामुहिक र सबै क्षेत्रलाई समेटेर प्याकेज ल्याउने गरेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्