२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गाडी खस्दा एकको मृत्यु

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ३ झौखेल कालीखोलास्थित कालीघाटमा गाडी खस्दा एकजनाको मृत्यु भएको छ ।

विद्युतीय गाडीमा बढाएको कर फिर्ता गर

सरकारको यो निर्णय उसैले अघि सारेको नीति वातावरण र ऊर्जा नीति तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जनाएका प्रतिबद्धता विपरीत छ ।वातावरणसँग सरोकार राख्ने विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको समूहले विद्युतीय गाडीको आयातमा प्रस्तावित भन्सार महसुल र अन्तःशुल्क दर फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता शाहीद्वारा सरकारी गाडी फिर्ता

कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले कोरोना (कोभिड–१९) उपचारका लागि आफुले प्रयोग गर्दै आइरहेको सरकारी गाडी संसद सचिवालयलाई फिर्ता गरेका छन्।

बिजुली गाडीको विकल्प

यसपटकको बजेट वक्तव्यमा विद्युतीय सवारी आयातमा उच्च दरले कर बढाउने कार्य आफैँमा सरकारको नीति विपरीत हो। विद्युतीय सवारी साधनमा गाडीको क्षमता हेरी ३० देखि ८० प्रतिशतसम्म भन्सार शुल्क र ४० प्रतिशत अन्तःशुल्क लगाउने व्यवस्था यसपटक गरिएको छ।

बाँकेमा गाडी दुर्घटनाः मृतकको संख्या १२ पुग्यो, थप चारको अवस्था गम्भीर (अपडेट)

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटना थप एक जनाको मृत्यु भएको छ। यो सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बाँकेमा गाडी दुर्घटना: ११ जनाको मृत्यु, २२ घाइते

बाँकेको राप्तीसोनारी २ स्थित पूर्बपश्चिम राजमार्गको मुगुवा खोला नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य २२ जना घाइते भएका छन । भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई लिएर नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको हो ।

नीतिविपरीत विद्युतीय गाडीमा भारी कर

पिकपावर तीनसय किलोवाटभन्दा बढीका कार, जिप, भ्यानमा ८० प्रतिशत भन्सार शुल्क र ६० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ।यसले विद्युतीय सवारीसाधनको मूल्य झन्डै दोब्बर पर्न जान्छ।

स्वर्ग जस्तै वारेकोटमा पनि पुग्यो गाडी

जाजरकोट जिल्लामा सबै भन्दा बढी प्राकृतिक श्रोत साधन र सुन्दरता एवम सम्पदा भएको वारेकोट गाउँपालिकामा गाडी पुगेको छ । जिल्लाका सात स्थानीय तहहरु मध्य सबै भन्दापछि सडक सन्जालसंग जोडिएको वारेकोट विकास र समृद्धिका लागि निकै सम्भावना भएको गाउँपालिका हो । गत चैत्र ११ गते मालवाहक टयाक्टर र यात्रु वोकेको जीप वारेकोटको केन्द्र लिम्सामा पुगेपछि वारेकोट सडक सन्जालसंग जोडिएको हो ।

मालबाहक गाडी क्वारेन्टाइनमा राख्न पार्किङ निर्माण

रसुवाको उत्तरगया गाउँपालिका–१, खाल्डेमा मालबाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्न पार्किङस्थल निर्माण गरिएको छ ।

सांसदकी श्रीमतीको उद्दार गर्न मन्त्रीको गाडी

नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) का कारण मुगुको छायानाथ रारा नगरपालिका–२, तुमा गाउँका शिवराज रावल (२४) र सोही गाउँ धर्मसिंह रावल (३९) सुर्खेतमा अलपत्र छन्। १४ दिनदेखि उनीहरू वीरेन्द्रनगरको एक खाजा पसलमा बसिरहेका छन्। गोजीमा पैसा छैन।

युवाले रोके सरकारी गाडी

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन्।

सात महिनामा डेढ अर्बको विद्युतीय गाडी आयात

चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ५४ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ।

आँगनमै गाडी पुग्दा स्थानीय हर्षित

कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा पहिलो पटक गाडी आँगनमै पुग्दा स्थानीय हर्षित छन्। कैलालीको चिसापानीसम्म हिडेर खाद्यन्न जोहो गर्नु परेको अनुभव सुनाउँदै स्थानीय दुर्गादेवि बलमे गाउँमा गाडी पुग्ने कल्पनासमेत नगरेको बताउँछिन्। उनले भनिन्,‘गाउँमा यति छिटो गाडी पुग्ला भन्ने आशासमेत थिएन। स्थानीय सरकारले दुई वर्षमै सबै बस्तीमा गाडी पुर्‍याउन सफल बन्यो। यो स्थानीय सरकारको रामो पक्ष हो।’

उपप्रमुखद्वारा सरकारी गाडीको दुरुपयोग

जिल्लाको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले सरकारी गाडीको दुरुपयोग गरेकी छन्। शुक्रबार शिबरात्रिको सार्वजनिक विदाको दिन जन्त जानका लागि सरकारी गाडी लिएर जिल्लाको रामेछाप नगरपालिकाको साँघुटार बजार पुगेकी हुन्। आफ्नै नगरपालिकाको कर्मचारी रहेका सुवास काफ्लेको विहेमा जन्त जानका लागि एकातिरको पास बनाएर अर्कोतिर हानिएकी हुन्।

चिलगाडी

‘म ढिँडो खान्नँ भनेको हैन ? किन पकाको ढिँडो ? म नखाने। भोकै बस्ने। झन् आज शनिबार भात खाने भनेको। यो आमा कुरै बुझ्नु हुन्न।’ निश्छल थालतिर हेर्दै झगडा गर्न थाल्यो। ‘म मेरो बाबुलाई घिउ दिन्छु नि। घिउसँग खाऊ न त।’ आमाले फकाउन खोज्नुभयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्