१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

मालबाहक गाडी क्वारेन्टाइनमा राख्न पार्किङ निर्माण

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–१, खाल्डेमा मालबाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्न पार्किङस्थल निर्माण गरिएको छ । 

अत्यावश्यक सामग्री ढुवानीका लागि आउने सवारी साधनलाई २४ घन्टा क्वारेन्टाइनमा राख्ने र डिस्इन्फेक्सनपछि मात्र जिल्लामा प्रवेश दिने योजना अनुरूप पार्किङस्थल निर्माण गरिएको हो । 

प्रतिनिधि सभा सदस्य मोहन आचार्यको सहयोगमा गाउँपालिकाले पार्किङस्थल निर्माण गरेको हो । रसुवा र नुवाकोट सीमा क्षेत्र बेत्रावती हुँदै जिल्लामा प्रवेश गर्ने मालबाहक सवारी साधन तथा अन्य साना सवारी साधनलाई सोमबारदेखि डिस्इन्फेक्सन गरिने गाउँपालिकाले जनाएको छ । 

कोरोना संक्रमणको जोखिम कम गर्न डिस्इन्फेक्सन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । सवारी चालक र सहयोगीलाई गाउँपालिकामा रहेको क्वारेन्टाइनमा राखेर चेकजाँच गरिने र त्यसपछि रसुवाको बजार प्रवेश गर्न दिइने छ ।

प्रकाशित: ५ वैशाख २०७७ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App