१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

जीवन विकास लघुवित्त वित्तीय संस्थाले ‘थ्रि जिरो’ क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थामध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो।

यस अघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अवार्ड प्राप्त गर्न सफल भएको जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेको बताउँदै, कार्यकारी अधिकृत मण्डलले भने, ‘क्लबको सञ्जाल ५६ देशमा छ। विश्वभर क्लबको संख्या ३ हजार ८ सय बढी छन्। ती मध्ये सबैभन्दा धेरै नेपालमा २ हजार ५ सय छन्। नेपालमा रहेका मध्ये आधा भन्दा बढी १ हजार ४ सय १८ वटा थ्री जिरो क्लब जीवन विकास संस्थाले गठन गरेको छ।’

थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको जीवन विकासलाई थ्री जिरो क्लब कन्भेन्सनमा प्रवर्द्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेको बताइएको छ। पुरस्कार लिँदै कार्यकारी अधिकृत मण्डलले अन्तर्राष्ट्रिय मञ्चमा जीवन विकासले प्राप्त गरेको पुरस्कार नेपालका लागि गौरवको विषय भएको बताए।यो अवार्ड प्राप्त गर्नु हाम्रा संस्थाका लागि मात्रै नभई देशको पनि गौरवको कुरा हो । अवार्डले फिल्डमा काम गर्नका लागि थप उर्जा थपेको मण्डलले बताए।

थ्री जिरो क्लबलाई लघुवित्तसँग जोडेर गरिने सामाजिक कार्य दिगो र प्रभावकारी हुने बताउँदै कार्यकारी अधिकृत मण्डलले भने, ‘समाजले अपनत्व ग्रहण गर्छ। युवालाई अघि बढाउँदा धेरै कुरा सिक्न पाउने र नेतृत्व विकास पनि हुन्छ । क्लबमार्फत युवालाई समाजप्रतिको उत्तरदायित्व सिकाइरहेका छौँ।’ जीवन विकासले गत वैशाख ५ गते नेपालमा पहिलो पटक थ्री जिरो सदस्य सम्मेलन आयोजना गरेको थियो।    

प्रकाशित: १७ असार २०८१ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App