२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

मेसीले ओलम्पिक नखेल्ने

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ओलम्पिक नखेल्ने भएका छन्।

पेरिसमा हुने ओलम्पिकका लागि राष्ट्रिय टोलीको सूचीमा उनको नाम समावेश नभएको प्रशिक्षक जेभियर मास्चेरानोले बताएका छन्।

मास्चेरानोले मेसीसहित स्ट्राइकर जुलियन अल्भारेज र डिफेन्डर निकोलस ओटामेन्डीसहितका खेलाडीलाई पनि आराम दिइएको घोषणा गरे।

ओलम्पिकमा सिनियरबाट तीन जनासहित २३ वर्षमुनिका खेलाडीलाई समावेश गरेर टोलीको घोषणा हुने गरेको छ। मेसीले बेइजिङमा सन् २००८ मा भएको ओलम्पिकमा अर्जेन्टिनाले फुटबलतर्फ स्वर्ण जित्दा मेसी टोलीका सदस्य थिए।

अर्जेन्टिनाले सन् २००४ को ओलम्पिकमा पनि स्वर्ण जितेको थियो। मुख्य प्रशिक्षक मास्चेरानोले कोपा अमेरिका सकिएपछि गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा समावेश गर्नेछन्।

यद्यपि अमेरिकामा जारी कोपा अमेरिकामा भने मेसी टोलीमा छन्। अर्जेन्टिना प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

सन् २०२१ मा कोपा जितेको मेसीको टोली अर्जेन्टिनाले २०२२ मा विश्वकप जितेको थियो। ओलम्पिक फुटबल प्रतियोगिताको पहिलो खेलमा अर्जेन्टिनाले जुलाई २४ मा मोरक्कोसँग खेल्नेछ। समूह बीमा अर्जेन्टिना, मोरक्को, इराक र युक्रेन छन्।

प्रकाशित: १९ असार २०८१ १६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App