२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

स्वस्थ र निरोगी समाज निर्माणमा हामी सबैलाई प्रेरणा मिलोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती, २०८३ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले नेपाली मौलिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका हुन्।

त्यसैगरी, उनले आयुर्वेद एवं वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा सम्पूर्ण सरोकारवालाहरूलाई पनि शुभकामना दिएका छन्।

थापाले आयुर्वेदको मौलिक ज्ञान, स्वस्थ जीवनशैली र प्राकृतिक उपचार पद्धतिको संरक्षण, प्रवर्द्धन तथा वैज्ञानिक विकासमा जोड दिएका छन्।

यी माध्यमबाट स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत उनले गरेका छन्।

प्रकाशित: २१ कार्तिक २०८३ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App