श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत सम्पत्ति छानबिन आफ्नैबाट सुरु गर्न आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।
‘सम्पत्ति छानबिन सुरु गरौँ! मेरैबाट सुरु गरियोस्! अनि बालेन जी र सुदन जीको गरियोस्! स्रोत बिनाको भेटिए जफत गरियोस्!’ उनले लेखेका छन्।
उनले स्रोत नखुलेको सम्पत्ति फेला परे जफत गर्नुपर्ने धारणा राखेका छन्। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने उनको भनाइ छ।
प्रकाशित: २१ कार्तिक २०८३ ०८:३७ शनिबार





