२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

राजनीतिक स्थिरता कायम गर्न राष्ट्रिय सहमतिको सरकार: कांग्रेस

नेपाली कांग्रेसले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक परेकाे बताएकाे छ। साथै एमाले-का‌ंग्रेसबीचकाे सहिमतिलाई पनि औपचारिकता दिएकाे छ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बुढानिलकण्ठस्थित सभापति निवासमा सम्पन्न बैठकमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक सभापति शेरबहादुर देउवाले गर्ने गरी सहमति भएकाे कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत गर्दै समर्थन गरेको उनले सुनाए।

कांग्रेसले राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्न, अर्थतन्त्रलाई बलियो बनाउन, र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आवश्यक परेकाे बताएकाे छ।

साथै बैठकले महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न फरक-फरक निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।

प्रकाशित: १९ असार २०८१ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App