१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रहरी कार्यालयल विराटनगरद्वारा उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरी पुरस्कृत

एक लाख धनराशिको ८औं ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ बाट २ जना प्रहरी पुरस्कृत भएका हुन्। पुरस्कृत हुनेमा प्रहरी सहायक निरीक्षक भक्तबहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादव रहेका छन्।

दश किलो गाँजासहित भारतीय युवक सर्लाहीमा पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका १ भेडियाही गाउँस्थित ढलान सडकमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट खुटौनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका भारत बिहारको सीतामढी जिल्लाको सोनवर्षा ग्राम पंचायत विसनपुर आधार वडा नम्बर ६ संग्रामपुरका २७ वर्षीय नुर मोहम्मदलाई गाँजासहित पक्राउ गरिएको हो।

रोल्पामा प्रहरी दिवस

बिभिन्न कार्यालयका प्रमुख, पत्रकार, अमर प्रहरीका आफन्तजन, पूर्व प्रहरी कर्मचारीहरु र प्रहरी कर्मचारीको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तिले रोल्पा प्रहरीको सेवाको खुलेर प्रशंसा गरेका थिए।

नहरमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला

सहिदनगर नगरपालिका ४ ननुपट्टी स्थित एक नहरमा तैरिरहेको अवस्थामा स्थानीय ४२ वर्षीय जयराम मुखियाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिए।

इटहरीमा हत्या विरोधमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्नेमाथि लाठी चार्ज

घरायसी विवादले शनिबार साँझ इटहरीमा ज्वाइंले जेठानको हत्या गरेको विरोधमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्नेमाथि लाठी चार्ज गरिएको छ।

बागेश्वरीमा भक्तजनको घुइँचो

बागेश्वरी मन्दिरमा घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता हुनुको साथै नवमीको दिन विभिन्न स्थानबाट आएका भक्तजनले आफ्नो भाकल पूरा भएको खुसी मनाउँदै जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने चलन चलिआएको छ।

मधेस सवारी दुर्घटनाः दुई महिनामा ६३ जनाको मृत्यु

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार प्रदेशमा गत साउन र भदौ महिनामा ८ हजार ९ सय ४४ वटा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ महिला र ४७ पुरुष तथा ५ जना बालबालिका रहेका छन्।

यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरिएको छ।

दोहोरो नम्बर प्लेट प्रयोग गर्ने टिपरलाई १० हजार जरिवाना

ट्राफिक नियम उल्लंघन गरी चुनढुंगा बोक्दै गरेका बा १–००६ क ३२५७, बा १–००६ क ३६६०, बा १–००६ क ३६५८, बा १–००६ क ३२६१, वा १–००६ क ३६५२, वा १–००६ क ३६४९, बा १–००६ क ३६५०, बा १–०० क ३६५३ नं. का ८ वटा टिपर फेला परेपछि पक्राउ गरी कारबाही गरिएको हो।

चाडपर्वमा सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी

यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ। प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ।

घरबाटै हराए बाँकेमा दुई बालिका

‘बालिका हराएको विषयमा हामीलाई हिजो (बिहीबार) मात्र परिवारबाट जानकारी भयो, हामीले बालिकाको फोटो र हुलिया टिपेर माथी पठाइदिएका छौं,’ केसीले भने।

ताप्लेजुङमा एक हजार बढीले दिए म्यादी प्रहरीका लागि आवेदन

नेपाली सेनाबाट सेवानिवृत्त २ जनाले आवेदन दिएका छन्। ४ सय ५२ पुरुष तथा १ सय २६ महिला गरी ५ सय ७८ जनाले भने पहिलोपटक म्यादी प्रहरीका लागि आवेदन दिएका छन्। डिएसपी राईका अनुसार कति संख्यामा म्यादी प्रहरीमा भर्ना लिने भन्ने चाँहि यकिन भएको छैन।

कपिलवस्तुमा चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना बनाइयो

चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवा तास, मादक पदार्थ लागूऔषधको सेवन गरी हो–हल्ला गर्ने, सवारी दुर्घटना तथा कालो बजारी नियनत्रण लगाएतका विषयमा आफूहरुले सुरक्षा योजना बनाएको उनले बताए।

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

चाडपर्व लक्षित विशेष जाँच

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्