२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नहरमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला

धनुषाको सहिदनगर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ।

सहिदनगर नगरपालिका ४ ननुपट्टी स्थित एक नहरमा तैरिरहेको अवस्थामा स्थानीय ४२ वर्षीय जयराम मुखियाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिए।

मुखियाको शव नहरमा तैरिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरी फेला पारेको थियाे। प्रहरी निरीक्षक ढकालका अनुसार मृतक मुखिया मिर्गी (छारे) रोगबाट ग्रसित थिए।

घरबाट हिड्डुल गर्न निस्केका उनी बेहोस भएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्ररम्भिक अनुमान छ। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७९ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App