१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

कोरोनाको चपेटामा कपिलवस्तु : एक महिना नबित्दै ४०२ जनामा संक्रमण

गत बैशाख २५ गते जिल्लाको मायादेबी गाउपालिका स्थित छत्रपाली तिर्थादेबी उमाबिको क्वारेन्टिनमा रहेका २ जना युवामा जिल्लामै पहिलो पटक कोरोना संक्रमण देखियो । जेठ २१ गते साझ सम्य त्यो संख्या बढेर अहिले ४ सय २ जा पुगेको छ । एम महिना बित्न नपाउदै कपिलवस्तुमा कोरोना संक्रमितको संख्याले ४ सयको आकडा पार गरेको छ । वैशाखको दौश्रो साता देखि भारतमा लकडाउनको स्वारुप परिवर्तन गरिए पछि भारतमा रहेका नेपाली मजदुरहरू धमाधम नेपाल फर्किन थाले ।

सुनसरीमा थप सात जनामा कोरोना संक्रमण

सुनसरीमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सात जना संक्रमित पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईंले बताए । संक्रमित सवै भोक्राहा नरसिंहकै हुन् ।

वडा अध्यक्षलाई कोरोना संक्रमण

दाङका एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । दाङको बंगलाचुली गाउँपालिकाका एक वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणका क्रममा मंगलवार ५४ वर्षीय उनलाई कोरोना पुष्टि भएको बंगलाचुली गाउँपालिकाले जनाएको छ ।

दाङमा थप ८ जनामा कोरोना पुष्टि

दाङमा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

थप ७४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३१०

रौतहटमा मंगलबार थप ७४ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यमुनामाई गाउपालीकामा ३ जना, दुर्गा भगवती गाउपालीकामा १४ जना, राजपुर नगरपालीकामा २१ जना, गढीमाई नगरपालीकामा १ जना, परोहा नगरपालीकामा ४ जना, राजदेवी नगरपालीकामा १८ जना र सदरमुकाम गौर नगरपालीकामा १३ जना गरी जम्मा ७४ जनामा संक्रमण देखा परेको हो ।

क्वारेन्टिनमा आउनेको खुल्ला मैदानमा बास

बाँके नरैनापुर क्वारेन्टिनमा गत साता झाडापखाला लागेर २४ वर्षे युवकको मृत्यु भयो । मृत्यु भएपछि उनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम: अनुसन्धान

उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ। सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो।

संखुवासभा जिल्लामा दुइजनामा संक्रमण

संखुवासभा जिल्लामा दुइजनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ १३ गते भारतबाट आएर तुम्लिङटारको क्वारेन्टिनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भएको हो ।

प्रदेश २ मा ५७ जनामा संक्रमण पुष्टि

प्रदेश २ मा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ५५४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कैलालीका सात स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै

कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन्।

प्रदेश २ मा थप ९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४९६ पुग्यो

प्रदेश २ मा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ४९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट प्रशिक्षकका पिताको निधन

कोरोनाको संक्रमणबाट एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथका पिताको निधन भएको इङ्लिस प्रिमियर क्लबले बुधबार घोषणा गरेको छ । डिन स्मिथका ७९ वर्षीय रोन स्मिथ दुई सातादेखि कोरोनाको संक्रमणबाट ग्रसित भएका थिए । बुधबार उनको कोरोनाका कारण मृत्यु भएको क्लबले बुधबार घोषणा गरेको हो ।

दाङको कोरोना अस्पतालका ८ जना डिस्चार्ज

दाङको बेलझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा रहेका ८ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना जितेका उनीहरूलाई शुक्रवार घर पठाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्बेश शर्माले जानकारी दिए । कोरोना जितेका दाङ गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका तीनजना छन् ।

वडाध्यक्षलाई कोरोना संक्रमण, जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा

बाँकेको राप्ती सोनारी गाउँपालिकाका एक वडाध्यक्षलाई कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन्।

कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमण

कपिलवस्तुमा बिहीबार फेरी एकै दिनमा २४ जना कोरोना संक्रमित थपिएका छन् । दिउँसो नौ जना र साँझ १५ जना गरी कुल २४ जना संक्रमित थपिएका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्