२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हतियार र लागूऔषधसहित एक भारतीय पक्राउ

विराटनगरमा बुधबार राति एक भारतीय नागरिकलाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु

खोटाङमा छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका ३७ वर्षीय सुवर्ण राईले धारिलो हतियार प्रहार गर्दा ७५ वर्षीय बुवा चन्द्रबहादुर राईको मृत्यु भएको हो।

अमेरिकन हतियारसहित पूर्व लडाकू पक्राउ

पूर्व लडाकु तथा हाल जनता समाजबादी पार्टी उदयपुरका जिल्ला सदस्य त्रियुगा नगरपालिका ३ मोतिगडाका ५० वर्षीय प्रशुराम चौधरी अमेरिकन स्वचालित पेस्तोल र त्यसमा जाने ५ राउण्ड गोलसहित पक्राउ परेका हुन्।

अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

धारिलो हतियार प्रहार गरी छोराको हत्या

कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

रोल्पामा आधुनिक हतियारको म्याग्जिन र गोली बरामद

रोल्पामा सुरक्षा निकायले ठूलो परिमाणमा आधुनिक हतियारको म्याग्जिन र गोली बरामद गरेको छ।

बागमती प्रहरीले प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने

बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने ओरजिनल हतियार प्रयोग गर्दै आइरहेकोमा अहिले डमी हतियार प्रयोग गर्ने बताइएको छ । प्रशिक्षणको क्रममा प्रयोग गर्दा सक्कली हतियार बिग्रने, फुटेर काम नलाग्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको बागमी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अवैध हतियारसहित प्रदेशसभा सदस्यका उम्मेदवार पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ। राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिए।

अधिनायकवादको हतियार : सांस्कृतिक राष्ट्रवाद

महान् सुरुवात अन्ततोगत्वा लर्खराउन अभिशप्त हुन्छ । हरेक महान् यात्रा कहीँ न कहीँ गएर समाप्त हुन्छ नै– सन्त अगस्टिन ।

जब धर्मलाई राजनीतिक हतियार बनाइन्छ

ऐतिहासिक हिसाबले नेपाल पुरानो देश भए पनि विश्वसामु यसको परिचय त्यति लामो छैन। बेलायती साम्राज्यको राजनीतिक तवरले सामना गर्न सफल भए पनि कूटनीतिक क्षेत्रमा नेपालले खासै सफलता हासिल गर्न सकेन। किनकि एकीकरणका बेलादेखि नै शाहवंशीय राजाहरूले धर्मलाई राजनीतिसँग जोडे। जसले देशलाई विज्ञानको ज्योतितर्फ होइन, अन्धविश्वासको गुफातिर धकेलिदियो।

अवैध हतियारको जगजगी

मधेसमा विगतमा सशस्त्र समूहका नाममा जे/जस्ता गतिविधि हुन्थे त्यसमा कमी आए पनि त्यसको ‘साइड इफेक्ट’ का रूपमा रहेको अवैध हतियार धन्दाको बाछिटा भने अझै पनि हराएको छैन।

अवैध हतियारले मधेसमा बढ्दै अपराध

तत्कालीन माओवादीको सशस्त्र युद्धका बेलादेखि मधेसमा अवैध हतियारको बढी त्रास फैलिएको हो। सो युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति त फैलियो तर मधेसमा अरू धेरै सशस्त्र समूह जन्मिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्