coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हतियार र लागूऔषधसहित एक भारतीय पक्राउ

विराटनगरमा बुधबार राति एक भारतीय नागरिकलाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ।  

भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ स्थित भत्केको वाल नजिकबाट बुधबार राति साढे १० बजेतिर भारतीय नागरिकलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

शंकास्पद रूपमा पैदल नेपाल प्रवेश गरेका अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई नियन्त्रणमा लिई खानतलासी गर्दा हतियार र लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।  

‘भारतको जोगबनीबाट हतियार र लागूऔषध लिएर आउँदै गर्दा जोगबनीका पटेल बुधबार राति पक्राउ परेका हुन्,’ सशस्त्र प्रहरी बल मोरङका डिएसपी गोपीकृष्ण ठाकुरले भने, ‘झोलाभित्र राखेर ल्याउँदै गर्दा उनको साथबाट एउटा कटुवा पेस्तोल, लागुऔषध एभिल २ सय ९२ र लुपिजेसिक २ सय ९५ एम्पुल तथा एउटा चक्कु र २ वटा मोबाइल बरामद भएको छ।’

पटेलले नेपालमा हतियार र लागूऔषध सप्लाई गर्ने कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा पटेललाई बुझाएको र उनीविरुद्ध हतियार खरखजना र लागूऔषध कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।  

प्रकाशित: ३१ असार २०७८ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App