११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विप्लव निकट अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही चयन

अखिल क्रान्तिकारीको पोखरामा सम्पन्न २२औं सम्मेलनले शाहीको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

कांग्रेसले चुन्यो पालिका नेतृत्व

नेपाली कांग्रेसले इलामका नगर र गाउँपालिकास्तरका पार्टी कार्यसमिति चयन गरेको छ। शनिबार भएको निर्वाचनपछि राति अबेरसम्ममा जिल्लाका ४ नगर र ६ गाउँपालिकाकै नतिजा आएको छ।

महिला नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

फोटो पत्रकार क्लबले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्य समितिको चयनसंगै फोटो पत्रकार क्लब नेपालको ११ औ साधारण सभा सम्पन्न भएको छ। सभाले क्लबको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व चयन गरेको छ।

पालिकाको नेतृत्व चुन्दै कांग्रेस

इलामका पालिकास्तरको पार्टी कार्यसमिति चयन गर्न नेपाली कांग्रेसको अधिवेशन आज (शनिबार) हुँदैछ। साँझसम्ममा अधिवेशन/मतदान सकेर आइतबारसम्ममा सबै पालिकाको नतिजा आउने कांग्रेस जिल्ला समितिले जनाएको छ।

एकीकृत समाजवादीले गर्‍यो पदाधिकारी चयन, महासचिवमा बेदुराम भुसाल (सूचीसहित)

नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ। आज बस्ने केन्द्रीय कमिटी बैठकमा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसालकाे नाम चयन गरेकाे समाजवादीका प्रचार विभाग प्रमुख जगननाथ खतिवडाले जानकारी दिए।

मदिरा उत्पादक संघको सभा

नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभा सम्पन्न भएको छ। सम्पन्न सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

२० वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, अन्यमा अधिवेशन जारी

शुक्रबार जारी अधिवेशनका क्रममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये २० वडाको नेतृत्व सर्वसहमत चयन भइसकेको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए।

महासंघ निर्वाचनमा मतदान सुरु, ढकाल र प्रधान प्यानलबीच प्रतिस्पर्धा

नयाँ नेतृत्व चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु भएको छ। विहीबारदेखि महासंघको साधारण सभा सुरु भएको भए पनि आज (शनिवार) नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।

'निजी क्षेत्रको मान, सम्मान, सुरक्षा हाम्रो प्राथमिकता'

निजी क्षेत्र देशको मेरुदण्ड, रोजगारी सिर्जना गर्ने ठाउँ र अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम र देश विकासको सारथी हो । निजी क्षेत्रको मान, सम्मान, सुरक्षासँगै लगानीको वातावरण बनाउने हाम्रा प्राथमिकता हुन् ।

'निजी क्षेत्रको उत्थान हाम्रो प्राथमिकता'

महासंघलाई सबल, सुदृढ बनाउने पहिलो प्राथमिकता छ । मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको तर्फबाट योगदान गर्ने । सरकार र उद्योगी, व्यवसायीबीच समन्वय गरी नीतिगत उल्झन सुल्झाउन सहजीकरण गर्छौं ।

'निजी क्षेत्रको साख स्थापित गर्ने संकल्प छ'

सरकारको ७० प्रतिशत आम्दानी दिने क्षेत्र समस्या परेको बेला सहयोग नगर्ने हो भने र निजी क्षेत्र टाट पल्टियो भने सरकारले खर्च कसरी चलाउने ? त्यो राज्यले सोच्नु पर्दैन ? नेपाल सरकार जहिले पनि नियमकारी निकायको भूमिकामा मात्र छ । सहजीकरण गर्ने भूमिका हुनुप-यो ।

'व्यावसायिक हकहितमा काम गर्न चाहेको हुँ'

श्रम बजारलाई व्यवस्थित बनाउनुपर्छ । विदेशबाट काठ आयात भइरहेको छ । वनपैदावारलाई प्रयोगमा ल्याउने र जडीबुटी प्रशोधन गर्ने वातावरण बनाउनुपर्छ । खानीको व्यवस्थापन गर्नुपर्छ ।

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज

अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।

प्रदेश ५ : प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतामा कनौडीया चयन

प्रदेश नं. ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा बिरेन्द्र कुमार कनौडिया चयन भएका छन्। आज बसेको पार्टी संसदीय दलको बैठकले कनौडीयालाई सर्वसम्बत रुपमा प्रदेश सभाको संसदीय दलको नेता चयन गरेको हो । कनौडीया कपिलवस्तु ३ को (ख)बाट निर्वाचित प्रदेश सांसद हुन्।

नमूना विद्यालय विकासका लागि भगवती दिनानाथ माबि चयन

नमूना विद्यालय विकासका लागि खोटाङको भगवती दिनानाथ माबि खोटाङबजार छानिएको छ । नमूना विद्यालय विकास एबं सञ्चालन निर्देशिका २०७४ अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार ३१ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको भगवती दिनानाथ माबि मुलुकभरका सय वटा नमूना विद्यालय विकासको सूचीमा परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्