coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महासंघ निर्वाचनमा मतदान सुरु, ढकाल र प्रधान प्यानलबीच प्रतिस्पर्धा

नयाँ नेतृत्व चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु भएको छ। विहीबारदेखि महासंघको साधारण सभा सुरु भएको भए पनि आज (शनिवार) नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।  

महासंघको निर्वाचन समितिका अनुसार विहान ८ बजेटबाट तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाईएको छ। महासंघका मतदाताले ४ बजेसम्म मतदान गर्न पाउने समय तालिका तोकिएको छ। तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। जिल्ला, नगरका प्रतिनिधिले कमलास्थित प्रज्ञा प्रतिस्ठान, एसोसिएटले कार्की ब्याङ्केट  थापाथली र बस्तुगतले महासंघको कार्यालयमा मतदान गरिहेका छन्। कोरोना संक्रमितका लागि पनि कमलादी प्रज्ञा प्रतिष्ठानमा मतदान गर्ने व्यवस्था छ। कोभिड–१९को कारण महासंघको साधारण सभा पटक–पटक सरेको थियो। निर्वाचन सम्पन्नसँगै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन् भने अध्यक्ष भवानी राणाको कार्यकाल सकिएको छ।

अहिले निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष महासंघको विधान अनुसार अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ। निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन्। ढकाल र प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन्।

ढकालको प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला,नगर उपाध्यक्षमा गुणनिधी तिवारी प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार रहेका छन्। सदस्यमा पनि दुवै समूहले प्यानल बनाएका छन्।

महासंघको विभिन्न पदमा एक सय २७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना चुनावी मैदानमा छन्।

महासंघमा दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भैसकेका छन्। प्रदेश नम्बर १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। यी दुवै ढकाल प्यानलका हुन्।

प्रकाशित: १३ मंसिर २०७७ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App