२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

हातहतियारसहित मुक्तान दम्पती पक्राउ

मकवानपुर प्रहरीले हातहतियार तथा विस्फोटक पदार्थ राखेको आरोपमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका– ५, डिल्लीपुरका ३२ वर्षीय रामबहादुर मुक्तान  र उनकी श्रीमती ३० वर्षीया दिलमायालाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रामबहादुरमाथि गोली प्रहार गरी एकजनालाई घाइते बनाएको समेत आरोप छ।

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

नेपालमा पक्राउ परेका एटिएम ठगीका आरोपी युरोपका विभिन्न देशमा अवैध हातहतियार र लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उनीहरु टर्की, स्पेन, इटली र जर्मनीमा लागुऔषध ओसारपसार तथा बेचबिखन, अवैध हातहतियारको कारोबार र यौन अपराधमा संलग्न रहेको खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्