१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पाैने पाँच कराेड  इँटा नोक्सान

वर्षाले धादिङ जिल्लामा करोडौं मूल्य बराबरको इँटामा क्षति पुगेको छ। एकसाता अघिदेखि परेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा रहेका इँटा उद्योगमा चार करोड ८५ लाख ३० वटा भन्दा बढीको काँच्चो इँटामा क्षति पुगेको छ। वर्षाका कारण पोल्नका लागि तयारी अवस्थामा राखिएको इँटा काम नै नलाग्ने गरी बिग्रिएको छ। इँटा उद्योगबाट करीब २३ करोडको नोक्सान भएको धादिङ इट्टा व्यावसायी संघका अध्यक्ष एकराज गजुरेलले जानकारी दिए।

वर्षाले इँटा उधाेगमा करोडौंको क्षति

बिहीबार रातीदेखि परेको वर्षाले करोडौं मूल्यको काँचो इँटा नष्ट भएको छ। एक महिनादेखि तयार पारेर भट्टामा पोल्न राखिएका काचो इँटा वर्षाले क्षति भएपछि भट्टा सञ्चालक चिन्तित बनेका छन्।

असिना पानीका कारण रौतहटमा लाखौंको इँटा नष्ट

शुक्रबार र शनिबार परेको पानीले रौतहटमा सञ्चालित इँटाभट्टामा लाखौंको क्षति पुगेको छ। जिल्लाका १ सय ५७ भट्टामा करिब १५ करोडभन्दा बढीको क्षति भएको रौतहट इँटा व्यवसायी संघका अध्यक्ष रामविनोद साहले जानकारी दिए।

करेन्टपीडितलाई क्षतिपूर्ति र उपचार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिए।

पेट्रोलियम पदार्थ चुहावटकाे सीमा नाघे डिपो प्रमुखबाट क्षतिपूर्ति

पेट्रोलियम पदार्थ चुहावटमा तोकिएको सीमा नाघे नेपाल आयल निगमले सम्बन्धित डिपो प्रमुखबाट प्राविधिक नोक्सानी बापतको रकम क्षतिपूर्ति बापत भराउने भएको छ। सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि निगमका अधिकांश डिपोमा लस टार्गेट (प्राविधिक नोक्सानी लक्ष्य) सीमाभन्दा कम भए पनि केही डिपोले सीमा नाघेपछि निगमले कडाइ गर्न लागेको हो।

उत्तर कोरियासँग अमेरिकाले माग्याे ५ करोड डलर क्षतिपूर्ति

अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग ५ करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ। अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उनको मृत्यु भएको थियो।

भूकम्पको समाजशास्त्र

पछिल्लो समय २०७२ सालमा नेपाली समाजले भूकम्पबाट ठूलो क्षति बेहोर्नुप-यो। भूकम्पका कारण भएको क्षतिबाट माथि उठ्न सकिरहेको छैन। यसको कारण मुलुकको झण्डै आधा भाग प्रभावित हुन पुगेको छ। १४ जिल्ला अति प्रभावित र थप १७ जिल्ला कम प्रभावित गरी ३१ जिल्लामा भूकम्पले क्षति पु-याएको छ।

इन्डोनेशियामा सुनामी, ४३ जनाको मृत्यु

इन्डोनेशियामा शनिबार राति आएको सुनामीले ठुलाे संख्यमा मनाविय क्षति हुनुको साथै भौतिक क्षतिसमेत भएको छ।

नागरिक बडापत्रमा सीमित क्षतिपूर्तिको व्यवस्था

सुनसरी इनरुवाका अमिस खड्काले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन यातायात व्यवस्था कार्यालय चावहिलबाट प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेको एक वर्ष पुग्नै लाग्यो। मोटरसाइकल लाइसेन्स लिन राजस्व बुझाएको रसिद नागरिकलाई देखाउँदै खड्काले भने, ‘गत साल पुस २६ गते लाइसेन्स लिन राजस्व तिरेको हुँ, धेरैपटक यातायात कार्यालय धाइयो तर अझै लाइसेन्स पाउने छाँट देखिन्न।’

मुम्बईको अस्पतालमा भीषण आगलागी, ८ जनाको मृत्यु

भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु  छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्।

आगलागीबाट १२ लाखको क्षति

घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १२ लाखभन्दा बढीको क्षति भएको छ ।

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागी भएकाे छ।

टहरोमा खोज्दै भविष्य

दिउँसोको पौने एक बजेको समय। दिन थियो शुक्रबार। साथीसाथी मिलेर घर जाने समय पर्खंदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित शिलासीता आधारभूत विद्यालयका विद्यार्थी। २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै बन्न सकेको छैन।

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपूर्ति

मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ। आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको हो।

पाकिस्तानको माग अस्वीकार

दुईपक्षीय शृंखलाको सम्झौता भंग गरेबापत पाकिस्तानले भारतसँग माग गरेको क्षतिपूर्ति मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अस्वीकार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्