लुक्लामा हेलिकप्टर ठाेक्किए
सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा २ हेलिकप्टर एक आपसमा ठक्कर खाँदा माउन्टेन एयरको हेलिकप्टरमा क्षति पुगेको छ।
सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा २ हेलिकप्टर एक आपसमा ठक्कर खाँदा माउन्टेन एयरको हेलिकप्टरमा क्षति पुगेको छ।
रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ। स्थानीय शशीराम खत्रीको घरमा गए राति आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ। राति साढे १ बजेको समयमा आगलागी हुँदा अन्नपात, भाँडाकुडा, लत्ताकपडा र नगद रु एक लाख गरी रु चार लाख बराबरको क्षति भएको वडा सदस्य रामबहादुर जैसीले जानकारी दिए।
भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ।
क्षतिपूर्ति बापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले शुक्रवार तीन जना कर्मचारीलाई पक्राउ गरेको छ।
सार्वजनिक प्रयोजनको लागि व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा सरकारले अनिवार्य क्षतिपूर्ति दिनुपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ।
चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट ३ करोड ६९ लाख ६३ हजार बराबरको क्षति भएको छ।
राँके बजारमा आइतबार राति भएको आगलागीमा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा देउमाई नगरपालिका–१ का ठालुमान श्रेष्ठको ३ तल्ले घर पूर्ण रूपमा नष्ट हुँदा करिब १ करोड ९८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट २ अर्बभन्दा बढीको भौतिक क्षति भएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट २ अर्ब ८ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ।
दार्चुलाको उत्तर क्षेत्र महाकालीको नेपाल भारता सीमा झोलुंगेपुल पहिरोले क्षतिग्रस्त भएको छ। पुलमा पहिरोले क्षति पुर्याएपछि आवतजावत बन्द गरिएको छ। वर्षाका कारण गएराति खसेको पहिरोको कारण पुल जोखिममा रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
अबिरल बर्षासँगै उर्लिइ आएको साधी खेलाको बाढीले अरनिको राजमार्गको बाह्रविसे–खुर्सानीबारी जोड्ने मोटरेबल पुल क्षतिग्रस्त बनाएको छ। शुक्रबार रातिको यो घटनापछि सीमा नाका तातोपानी–बाह्रविसे ३६ किलोमिटर खण्डमा सिधा सडक सम्पर्क टुटेको छ।
नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा आफ्नो नगन्य योगदान रहेको भए पनि त्यसको असरबाट प्रभावित मुलुकको अग्रस्थानमा परेकामा अन्तर्राष्ट्रिय फोरममार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ।
पूर्व–पश्चिम राजमार्ग खण्ड अन्तर्गत लखन्देही पूलकोफलाम राखेर जोडिएको भाग (ज्वाईन्ट)मा क्षति पुगेको छ। ज्वाईन्टमा क्षति पुग्दा पूल फाट्टिएको जस्तो देखिएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै खोलाले क्षति पुर्याएको पुलको मर्मत कार्य सुरु भएको छ।
जुम्ला अस्पतालको सघन उपचार कक्षमा अनसनमा बसेका डा. गोविन्द केसीलार्इ काठमाडौं लैजादा भएको घटनामा क्षति भएको बिवरण सार्वजनिक भएको छ।
सर्लाहीमा सोमबार करेन्ट लागेर मृत्यु भएका दुई जनाको शव अझै पोस्टमार्टम हुन सकेको छैन।