२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

चार करोडको क्षति

रुकुम पश्चिम – चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट ३ करोड ६९ लाख ६३ हजार बराबरको क्षति भएको छ। 

नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पुर्याएको छ। बाढी र पहिरोले घर तथा अन्न बालीमा क्षति पुगेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार बाढीबाट नगरपालिकाका १० परिवार घरबारविहीन भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ। सत्ताइस परिवारको अन्नबालीसहितको खेतबारी बगेको छ। बाढी र पहिरोका कारण ७ सडक तथा छा विद्यालयमा क्षति पुगेको छ। 

नगरपालिकाभित्रका जहारीखोला, सेतीगारखोला, मानाकोटखोला, दमदमेखोला, कालिगारखोला, नार्जिखोला, खहरेखोला, चिन्नेबगरखोला, लापुरखोला, ठूलाखोला, कटेजखोला, चैतेखोला तथा साक्चा खोलामा आएको बाढीले क्षति पुर्याएको कार्यदलका संयोजक सुनारले बताए। कार्यदलले क्षतिको कारण पत्ता लगाउँदै नगरपालिकालाई सुझावसमेत दिएको छ।

कार्यदलले विशेषगरी जथाभावी खनिएका सडकका कारण बर्खायाममा व्यापक क्षति भएको निष्कर्ष निकालेको छ। नगरपालिकाले २० परिवारलाई ३ हजारदेखि २० हजारसम्म सहयोग उपलब्ध गराएको छ।  (रासस)

प्रकाशित: २८ भाद्र २०७५ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App