४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

क्षतिपूर्ति विवादले पाँच दिनदेखि शव अस्पतालमै

दमौली– भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ।

क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन । चितवनको नारायणगढबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ना३ख ४५३४ नं को बसले ठक्कर दिँदा भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोखरेलको मृत्यु भएको थियो। पीडित परिवारले जानाजान ठक्कर दिएर मारेको भन्दै चालकविरुद्ध किटानी जाहेरी दिएका छन् ।

मृतकको परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिले तेस्रो पक्षको बिमाबापत प्राप्त हुने ५ लाख रुपैयाँबाहेक थप एक लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिन नसक्ने जनाएको छ।रासस 

 

प्रकाशित: २३ आश्विन २०७५ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App