१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेशियामा सुनामी, ४३ जनाको मृत्यु

तस्बिर : एपी

इन्डोनेशिया - इन्डोनेशियामा शनिबार राति आएको सुनामीले ठूलाे संख्यमा मनावीय क्षति हुनुको साथै भौतिक विनास  समेत भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुनामीमा परी अहिले सम्म ४३ जनाको ज्यान गएको छ भने ६ सय भन्दाबढी घाइते भएका छन्।

राहत र उद्धारका लागि प्रहरी, सेना तथा मनावअधिकारकर्मीहरु जुटेका छन्। रिपोर्टका अनुसार सुनामी स्थानीय समयअनुसार राति साढे ९ बजे आएको हो।

इन्डोनेसियाका राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुतपाओले सुनामीमा परी ४३ जनाको ज्यान गएको पुष्टि गरे। उनले भने,‘सुनामी आउँनु भन्दा अगाडी समुद्रको तटमा भौगोलिक कम्पन भएको थियो।’ सुनामीले सबैभन्दा धेरै पांडेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुर्‍याएको सरकारी अधिकारीहरुले बताएका छन्।
इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा सुनामी आएको हो ।

विपद् व्यवस्थापन एजेन्सीका अधिकारीहरूले सार्वजनिक गरेका तस्वीरहरुमा शहर पानीमा डुबेको देखिन्छ। क्राकाटोआ नामक ज्वालामुखी विस्फोटपछि समुद्रमुनि गएको पहिरोले सुनामी आएको हुनसक्ने अनुमान छ। पछिल्लो समय इन्डोनेसियामा श्रृंखलाबद्ध रूपमा ज्वालामुखी विस्फोट तथा भूकम्प आइरहेको छ ।

प्रकाशित: ८ पुस २०७५ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App