१० मंसिर २०८१ सोमबार
image/svg+xml

'ट्याक्सी नगुड्दा जीवन रोकिन्छ'

निषेधाज्ञाले सडक सुनसान छ । कलंकी चोकको नजिकै रहेको कालिका पेट्रोलपम्प अगाडि बोहोरा अङ्कल ट्याक्सी रोकेर सुस्ताउँदै छन् । तर मलिन अनुहारमा उनलाई देख्दा उनी निकै थाकेका जस्तो भान हुन्छ । यहि फुर्सदमा उनले आफ्नो कथा सुनाए ।

निषेधाज्ञाको दोस्रो दिन सुनसान उपत्यका (फोटोफिचर)

कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उपत्यकामा निषेधाज्ञा लगाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गते राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा लागु गरिएको हो।

नयाँ वर्ष माहोल: सडकमा चहलपहल, होटलमा सुनसान

कोरोना त्रास बढेको भन्दै सरकारले यही बेला भीडभाडमा नजान र सर्तकता अपनाउन अनुरोध गर्दा आन्तरिक पर्यटकले घुमघाममा निस्कने आँट नगरेको व्यवसायी बताउँछन्। फाट्टफुट्ट समूह र केही व्यक्तिगत तथा परिवारसहित घुम्न आए पनि त्यसले पोखरालाई उत्साही बनाउन सकेको छैन।

कोरोनाका कारण सुनसान होली

हरेक वर्ष होलीले रंगिने लहान यो वर्ष सुनसान रह्यो। यहाँका मुख्य सहिद चोक, अस्पताल चोक, नयाँ बजार, पुरानो बजार चोक लगायत ठाउँ होलीमा सधैं रंगिन हुन्थ्यो। दुर्गा मन्दिर क्षेत्र साँस्कृतिक कार्यक्रमले गुञ्जिन्थ्यो।

भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल

निम्न वर्गिय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ ।

यो सुनसानमा त्यो भीडको सम्झना

नियमित मर्निङवाक त म गर्दिनँ । कहिले कसो निस्के भने बुद्धपथ–वीरेन्द्र चोकहुँदै घण्टाघरसम्म मर्निङ वाक निस्कन्छु ।

यो सुनसानमा त्यो भीडको सम्झना

नियमित मोर्निङ वाक त म गर्दिनँ । कहिले कसो निस्के भने बुद्धपथ–वीरेन्द्र चोक हुँदै घण्टाघरसम्म मोर्निङ वाक निस्कन्छु । अहिले यो क्रम पूर्णरूपमा बन्द भएको छ । जसले गर्दा त्यति बेला भन्दा अहिले थोरै भए पनि अल्छी महसुस गरिरहेको छु । मोर्निङ वाक मात्र होइन दैनिक कुनै न कुनै सन्दर्भमा वीरेन्द्रचोकलगायत वीरेन्द्रनगरका व्यस्त ठाउँमा पुग्नै पर्छ, पर्दथ्यो । दैनिकजसो हुने यहाँको भीड कति र कस्तो हुन्छ त्यो नियाल्न एकैछिन स्मरण गरे मात्र पुग्छ । दिनभरि त्यहाँ बस्नु पर्दैन ।

सुनसान सहर, व्यस्त गाउँ

सयौँ गाडीमोटर, हजारौँ हतारिदैं हिड्ने बटुवाहरु। व्यस्त पसले र तीव्र गतीको समयले बाँधिएका ग्राहकहरु ! तीन साताअघिसम्म यहि दृश्य दिपायलस्थित पिपला बजारको दैनिकी थियो। अहिले त्यो दैनिकी एकाएक गायब भएको छ। सडकमा आक्कल–झुक्कल मान्छे निस्कन्छन्। ती पनि एकैछिनमा हराईहाल्छन्। सडकमा एकाध प्रहरीहरु बुट बजार्दै हिड्छन्।

लकडाउनले घरबासको कारोवार ठप्प

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास  सुनसान छन्।

सुनसान गुराँसका बगैंचा (फोटो फिचर)

थरीथरीका गुराँस फूलेर ढकमक्क देखिएको सुकेपोखरीमा पुग्दा यहाँका बासिन्दा विगत वर्षको सम्झना गर्दै थिए। यो साल बेसी गुराँस भएपनि गुराँसको क्षेत्र सुनसान बनेको उनीहरुको भनाई थियो। नयाँ वर्ष नजिकिदै गर्दा यहाँ एक साता लामो मेला लाग्थ्यो। अनेक प्रकारका गुराँसमा रमाउनेहरु जंगलभरी भेटिन्थे।

लकडाउनपछि आँखा अस्पताल सुनसान

नेपालगञ्जस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो फत्तेबाल आँखा अस्पतालमा केही दिनयता विरामीको सङ्ख्या ह्वात्तै घटेको छ।

रामनवमीमा सुनसान हलेसी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा सदियौंदेखि लाग्दै आएको रामनवमी मेला स्थगन भएको छ। रामनवमीको केही दिन अघिदेखि हप्ता दिन पछिसम्म मेला लाग्ने र बाक्लो चहलपहल हुने हलेसी सुनसान बनेको छ।

'लकडाउन'को सातौ दिन, तस्बिरमा हेर्नुहोस् सुनसान सुर्खेत (फोटोफिचर)

सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) को सातौ दिन सुर्खेत सुनसान छ। सातौ दिनसम्म बजार व्यवसाय बन्द छन्।

गाउँतिर चहलपहल शहरमा सुनसान

विश्वभर महामारीको रुपमा फैलिएको कोनोरा भाइरस (कोभिड–१९)को त्रास पूर्वी पहाडका गाँउगाँउमा पुगेको छ। गाउँमा पनि कोरोना भाइरसको संक्रमणलाई चिन्ता अझ बढेको छ।  जिल्लाका गाउँगाउँमा काठमाडौं लगायत विभिन्न ठाउँमा काम विशेषले रहेकाहरू फर्केका छन्। त्यस्तै, यहाँका सदरमुकामवासी पनि गाउँफर्केका छन्। जिल्लाका सदरमुकाम, सहर तथा बजार सबै ठप्प छन्। गाउँमा भिड बढेको छ। ग्रामिण क्षेत्रमात्रास छ। विदेशबाट आएकहरु पनि गाँउमा पुगेपछि थपत्रास भएको देखिन्छ। जिल्लामा ४५ किलोमीटर भारतसँग सिमा जोडिएको छ।

बजार सुनसान, गाउँतिर कामको चटारो

लकडाउनको दोस्रो दिन। तनहुँका बजार क्षेत्र सुनसान देखिएका छन्। राजमार्गमा खाद्यन्न बोकेका सवारी र एम्बुलेन्सबाहेक गुडेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्