२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनसान गुराँसका बगैंचा (फोटो फिचर)

पाँचथरको सुकेपोखरी क्षेत्रमा फूलेका गुराँस । सबै तस्बिर : गिरिराज/नागरिक

पाँचथर– थरीथरीका गुराँस फूलेर ढकमक्क देखिएको सुकेपोखरीमा पुग्दा यहाँका बासिन्दा विगत वर्षको सम्झना गर्दै थिए। यो साल बेसी गुराँस भएपनि गुराँसको क्षेत्र सुनसान बनेको उनीहरुको भनाई थियो। नयाँ वर्ष नजिकिदै गर्दा यहाँ एक साता लामो मेला लाग्थ्यो। अनेक प्रकारका गुराँसमा रमाउनेहरु जंगलभरी भेटिन्थे।

तर यसपाली त्यस्तो छैन। गुराँसको सिजनमा चहलपहल हुने सुकेपोखरीका घर, होटल सुनसान देखिन्थे। यसपाली गुराँस गजबै फूल्यो तर कोरोनाका कारण घुम्नेहरु नआउँदा सुनसान भएको स्थानीय भरत फागोले बताए। बन्दाबन्दी (लकडाउन)का कारण घुमन्तेहरु यो वन क्षेत्रमा पुगेका छैनन्। गुराँसको वन सुनसान छ। ‘ओहोर दोहोर गर्नेहरुको भिड हुन्थ्यो। कोहि फोटो खिच्थे, कोहि भिडियो बनाउथे’ फागोले विगत सम्झिदै भने, ‘यसपाली कोरोनाका कारण चहलहपल आएन।’

मेची राजमार्गको नजिक पर्ने यो ठाँउमा गुराँसमा रमाउने आन्तरीक पर्यटकका कारण व्यापार व्यवसाय फस्टाउथ्यो। स्थानीय फौजमान राईका अनुसार गुराँसको सिजनमा लगाईने मेलामा निक्कै राम्रो व्यापार हुन्थ्यो।

सुकेपोखरी मात्र हैन गुराँस फूलेर घुम्न आउनेहरुको भिड लाग्ने ठाँउ अहिले सुनसान छन्। सुनसानमै गुराँसका फूल मुस्कुराएका छन्। गुराँसको राजधानी भनेर चिनीने तेह्थुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने टिएमजे क्षेत्र सुनसान छ। वर्षेनी हजारौँको संख्यामा आन्तरीक तथा बाह्य पर्यटक आउने यो महत्पूर्ण गन्तव्य सुनसान छ। स्थानीय व्यवसायि युवराज खडकाका अनुसार गुराँसक्षेत्रमा चहलपहल छैन। बैशाख १ गते हुने जमघट यो पल्ट नहुने भएको उनको भनाई छ। गुराँसका बन क्षेत्र सुनसान हुदाँ पर्यटन क्षेत्रलाई असर पुग्ने भएको छ।  

पछिल्ला अध्ययन अनुसार नेपालमा ३३ प्रजातीका गुराँस पाईन्छ। ‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरु’ नामक अनुसन्धानमुल पुस्तकमा उक्त कुरा उल्लेख छ। प्रदेश १ का जिल्लाहरुमा ३१ प्रजातीका गुराँस पाईने अध्ययनले देखाएको छ। गुराँस फूल्न थालेपछि पहाड र हिमालका डाडाँहरु रङ्गीविरङ्गी बनेका छन्। फाल्गुनदेखि जेठसम्म बेसी गुराँस फूल्ने गरेको पाईन्छ। गुराँससँग जोडिएका अनेकन बिम्बहरु छन्। यो सिजनमा विगतमा वर्षमा गुराँस फूलले समाजिक सञ्जाल भरिन्थे। आन्तरीक र बाह्य पर्यटक आउने यो सिजन कोरोनाको कारण प्रभावित बनेको छ।

वन तथा वातारण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले प्रकाशित गरेको ‘गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०’ का अनुसार नेपालका पूर्वदेखि पश्चिमसम्म ४३ जिल्लामा विभिन्न प्रजातीका गुराँस फूल्ने उल्लेख गरीएको छ। नेपालमा गुराँसका प्रजाति पाइने मिश्रित वनसहित ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर क्षेत्र रहेको वन अनुसन्धान तथा सर्वेक्षण २०७२ मा उल्लेख छ।

मुख्यरुपमा १ नम्बर प्रदेशमा टिएमजे (तिनजुरे, मिल्के, जलजले), ताप्लेजुङ्गको पाथीभारा क्षेत्र, पाँचथरको छिन्तापु–सुकेपोखरी, च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाँउहरु गुराँसका लागि चर्चित छन्। यस्तै बागमती प्रदेशका दामन–सिमभञ्याङ, रसुवा क्षेत्र लगायका क्षेत्र चर्चित छन्। यस्तै गण्डकी प्रदेशका कास्की, घोडेपानी, लमजुङ, म्याग्दी गुराँसका लागि चर्चित छन्।

यस्तै कर्णालीको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला, दैलेखको गुरासेक्षेत्र चर्चित मानिन्छन्। सुदूरपश्चिम प्रदेशका बझाङ्ग, बाजुरा, दार्चुला, डोटी– डडेल्धुरा–बैतडी लगायतका क्षेत्र चर्चित रहेको पाइन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App