९ आश्विन २०८१ बुधबार
image/svg+xml

ब्राउनसुगरसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

अपहरण गरेको आरोपमा तीनजना पक्राउ

अपहरणमा परेको २ घण्टाभित्रै विराटनगरका एक युवकलाई प्रहरीले उद्दार गरेको छ। युवक अपहरण घटनामा संलग्न भएका दुई पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट शनिबार दिउँसो विराटनगर–१८ का २३ वर्षीय सुभाष कामतलाई अपहरण गरी १० रूपैयाँ फिरौती माग्ने तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ब्राउन सुगरसहित न्यायाधीशकी श्रीमती पक्राउ

‘तुलसीपुरमा ब्राउन सुगर जस्तो देखिने बस्तु सहित तुलसा पोख्रेल नाम गरेकि महिला पक्राउ परेको साँचो हो,’ उनले भने ‘तर ति महिलाको पारिवारिक घराना के कस्तो हो ? भन्ने बारेमा चाहिँ हामीलाई एकिन थाहा भएन ।’ उनका अनुसार तुलसाले आफ्नो स्कुटरमा लागु औषध ब्राउन सुगर राखेको प्रहरीलाई पूर्व सूचना मिलेको थियो ।

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ

प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो।

गर्भपतनको आरोपमा तीन पक्राउ

सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई शनिबार पक्राउ गरेको छ।

बालविवाह गरेको अभियोगमा बेहुला र उनका बुबा पक्राउ

नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए।मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए।

ब्राउन सुगर सहित ४ युवा पक्राउ

प्रहरीले कंचनपुरमा व्राउन सुगर सहित ४ युवालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ४ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताएका छन ।

अवैध रकमसहित दुई जना पक्राउ

अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा भारतीय रुपैयाँ दुई हजार दरको ६३ थान र ५ सय दरको ३सय ४८ थान गरी भारतीय तीन लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

रिहा गर्ने सर्वोच्चको आदेश लगत्तै विप्लव समूहका नेता वास्तोला पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला अदालतको आदेशमा रिहा भए लगत्तै पक्राउ परेका छन्। उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो।

मोरङको कटहरीबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङको कटहरीबाट प्रहरीले तीन जनालाई लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले पक्राउ गरेको छ।

चितुवाको छाला सहित तीन पक्राउ

चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट सल्यानका तीन जना पक्राउ परेका हुन्।

सिराहाको चुरे जंगलबाट लागुऔषधसहित एक युवक पक्राउ

उदयपुर र सिराहाको सीमास्थल चुरे जंगलबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी सीमास्थल चुरे जंगलबाट डाईलेक्स–डिसी नामक २७ बोतल प्रतिबन्धित लागुऔषधसहित सिराहाको मिर्चया नगरपालिका–६ का ब्रमदेव यादव पक्राउ परेका हुन्।

लागूऔषधसहित भारतका एक जना भक्तपुरबाट पक्राउ

भक्तपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। भारत जिल्ला बेतिया सिक्टा गाँउ वडा नम्बर १० बस्ने वर्ष ४७ को आनन्दराम चमारलाई आइतबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भागरथीको हत्या गर्ने पक्राउ

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई प्रहरी पक्राउ गर्न सफल भएको छ । दुई साता सम्म प्रहरीको टाउको दुःखाई बनेको भागरथीको हत्या गरेको आरोमा सनातन धर्म मा.वि. मा कक्षा ११ मा पढ्ने उनकै गाउँको किशोर पक्राउ परेका छन् ।

सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

काठमाडौंमा बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्