१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भागरथीको हत्या गर्ने पक्राउ

गाउँकै किशोरद्वारा हत्या

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई प्रहरी पक्राउ गर्न सफल भएको छ । दुई साता सम्म प्रहरीको टाउको दुःखाई बनेको भागरथीको हत्या गरेको आरोमा सनातन धर्म मा.वि. मा कक्षा ११ मा पढ्ने उनकै गाउँको किशोर पक्राउ परेका छन् ।  

नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले कक्षा ११ मा पढ्ने चडेपानी गाउँकै किशोरले भागरथीको बलत्कार र हत्या गरेको अनुसन्धानवाट पुष्टि भएको बताएका छन् । प्रहरीले मंगलवार राती १७ बर्षिय दिनेश भट्टलाई पक्राउ गरेको हो । प्रहरी सँग उनले बलत्कार पछि हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ । परिवारिक रिईसिविका कारण हत्या गरेको उनले बयान दिएका छन् । पहिले देखि नै उनको हत्या गर्ने योजना बनाएको र त्यो दिन मौका पाएपछि हत्या गरेको उनले बयान दिएका छन् । शुरुमा वाटोवाट तल भिरमा घचेटेको उनले बयान दिएका छन् । घचेटेपछि घाइते भएको र तानेर तल जंगलमा लगि शुरुमा बलत्कार गरि घाँटी थिचेर हत्या गरेको उनले बयान दिएको प्रहरीले बताएको छ ।

अभियुक्त सधै प्रदर्शनमा सहभागी हुन्थे

प्रहरीले भागरथीको हत्यामा संलग्नता भएको आरोपमा पक्राउ परेका दिनेश भट्ट भागरथी न्यायका लागी हुने प्रदर्शनमा अग्रभागमा सहभागी हुने गरेको स्थानियले बताएका छन् । दुईसाता सम्म पत्ता लाग्न नसकेको भागरथीको हत्यामा दिनेशको संलग्नता होला भनेर कसैले कल्पना समेत गरेका थिएनन ।

माघ २१ गते विद्यालयबाट घर फर्कदा बेपत्ता भएकी उनी दोश्रो दिन साँझ ५ बजेतिर विद्यालय र घरको बिचमा पर्ने लवलेक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । तल्लो शरिर निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरिरभरी निलडाम भएको र यौनांगमा रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो । शवफेलाको र बाटो बिचमा ढुंगामा भागरथीको शरिरको छाला भेट्टिएको थियो । पोष्टमार्टमको रिपोटमा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो । आफन्तले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडानका कारण उनको शव अहिले सम्म अस्पतालमै राखिएको छ । प्रहरीले आज दिउसो पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित: ५ फाल्गुन २०७७ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App