१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ

सांकेतिक तस्बिर।

प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो। 

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रहरीको नक्कली फेसबुक पेज बनाएर नेपाल प्रहरीको छवि विगार्ने र प्रहरीले गरेको काम काजप्रति भ्रम फैलाउने र आपराधिक क्रियाकलाप गर्दै हिँडेकाले फागुन १३ मा रुपन्देशीबाट पक्राउ गरी आज सार्वजनिक गरेको जानकारी दिए।  

पक्राउ पोखरेललाई विद्युतीय कारोवार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौँले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको प्रहरीको भनाइ छ। 

प्रकाशित: १६ फाल्गुन २०७७ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App