८ वैशाख २०८१ शनिबार
समाज

लागूऔषधसहित भारतका एक जना भक्तपुरबाट पक्राउ

लागूऔषधसहित पक्राउ परेका भारतको बेतिया सिक्टाका आनन्दराम चमार।

भक्तपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। भारत बेतियाकाे सिक्टा गाँउ वडा नम्बर १० स्थायी घर भएका ४७ वर्षीय आनन्दराम चमारलाई आइतबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

उनलाई डाइजोपाम ३०० थान, नोर्फिन ३०० थान र फेनेरागन ३०० थान लागूऔषधसहित भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीबाट पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए।  

सल्लाघारी क्षेत्रमा लागूऔषध किनबेच हुने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी निरीक्षक सुदन केसी नेतृत्वको टोलीले आइतबार बिहान भक्तपुर नगरपालिका १ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडक खण्डबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App