५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

महानगरले पाएन प्रअ, आवेदनका लागि सात दिन म्याद थप

काठमाडौँ महानगरपालिकाले प्रधानाध्यापक नियुक्तिमा माग अनुसारको आवेदन नपरेपछि पुनः म्याद थप गरेको छ।

प्रअ र विद्यालय व्यवस्थापन समिति सर्वोच्चमा

महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको प्रअ नियुक्ति गर्ने अधिकार हनन गरेको भन्दै विद्यालय व्यवस्थापन महासंघ र प्रअहरूले महानगरको प्रअ नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिन्छः प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुङ्गिने बताएका छन्।आज शुक्रवार सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकारकाे पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।

कोसीमा कांग्रेस र एमालेबाट एक-एक जना मन्त्री नियुक्त

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गरेका छन्।आज मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेसबाट सम्शेर राई बिना विभागीय मन्त्री र एमालेको तर्फबाट राम राना नियुक्त भएका हुन्।

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण आज

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्न लागेका छन्।

कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की नियुक्त

कोसी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् । शनिबार कोसी प्रदेसका प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्य मन्त्रीमा नियुक्ती गरेका हुन।

मनपरी ‘सल्लाहकार’ नियुक्ति

स्थानीय तहहरूले आवश्यकता र औचित्यबेगर बिनाप्रतिस्पर्धा, भनसुन र तोक-आदेशका भरमा कानुनी सल्लाहकार, प्रेस सल्लाहकार, प्राविधिक सल्लाहकार नियुक्त गरिरहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यस्तो कार्य बन्द गर्न सुझाएको छ।

नेपाल एसबिआई मर्चेन्टको सिइओमा पोख्रेल

नेपाल एसबिआई मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले आइतबारबाट लागु हुने गरी नियुक्त गरेको हो।

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन्।

न्यायाधीश नियुक्तिका नयाँ आधार

सर्वोच्च अदालतमा सिधै कानुन व्यवसायीबाट लैजाने प्रक्रिया अन्त्य गरी उच्च अदालतमा कम्तीमा १० वर्ष न्यायसम्पादन र विवादमा नआएकाहरूबाट छनोट गर्नुपर्छ।

नेकको प्रिन्सिपलमा भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले इन्जिनियर भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो।

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्