२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

नेकको प्रिन्सिपलमा भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले इन्जिनियर भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो। 

कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको बैठकले भण्डारीलाई कार्यकारी प्रिन्सिपलमा नियुक्त गरेको हो ।

यसअघि भण्डारी सहायक प्रिन्सिपल थिए । प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठको उमेर हदका कारण अनिवार्य अवकाश भएपछि कलेजको प्रिन्सिपल पद यसअघि रिक्त भएको थियो । यसपछि बसेको बैठकले भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो।

अगष्ट १, २०२१ म सहायक प्रिन्सिपल नियुक्ति भएका उनी त्यसअघि कलेजकै इलेक्टोनिक्स एण्ड कम्युनिकेश विभागका विभागीय प्रमुख ९एचओडी० थिए । यसअघि उनी २००१ मा एसोसियट प्रोफेसर पदमा कलेजमा नियुक्ति भएर काम सुरु गरेका थिए । उनी इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेश इन्जिनियर हुन्।

पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त यो कलेज पुल्चोक इन्जिनियरिङ कजेजपछिको दोश्रो उत्कृष्ट कलेज मानिन्छ । नाफा नलिने उद्देश्यका साथ गैरनाफामुलक संस्थाको रुपमा यो कलेज सञ्चालित छ । कलेज भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको छ। 

प्रकाशित: १२ भाद्र २०८० १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App