कोसी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् । शनिबार कोसी प्रदेसका प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्य मन्त्रीमा नियुक्ती गरेका हुन।
बिहीबार कार्कीले एमालेका ३९ र कांग्रेसका ८जना सांसद समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका थिए।
यस अघि कोसी प्रदेशमा केदार कार्की र माओवादी केन्द्रका इन्द्र आङ्बोले दावीपेस गरेका थिए ।
केदार कार्कीले कांग्रेसका आठ र एमालेका ३९ सांसदको समर्थनको हस्ताक्षर सहित दावी पेश गरेका थिए । भने माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि काग्रेसका विद्रोह गरेका आठ सांसद सहित ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । यसरी दुई पक्षले एक्कै सांसदको हस्ताक्षर सहित दावीपेस गरेकाले आज विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर सनाखत गर्ने समय दिइएको थियो । केदार कार्की समूहले हस्ताक्षर सनाखत गर्यो भने माओवादी केन्द्रका इन्द्र आङ्बो उपस्थीत नभएकाले प्रदेश प्रमुख पर्शुराम खापुङले केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ती गरेका हुन ।
प्रकाशित: २७ आश्विन २०८० ०४:०३ शनिबार