६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल एसबिआई मर्चेन्टको सिइओमा पोख्रेल

नेपाल एसबिआई मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले आइतबारबाट लागु हुने गरी नियुक्त गरेको हो।

पोख्रेलले यसअघि नेपाल एसबिआई बैंक लिमिटेडको वित्त, लेखापरीक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। पोख्रेलको बैकिङ तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव रहेको छ। नेपाल एसबिआई बैंकको सहायक कम्पनी मर्चेन्टको चुक्ता पुँजी २० करोड रूपैयाँ रहेको छ। मर्चेन्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङलगायतका सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २ आश्विन २०८० ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App