९ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनले सामग्री नेपालसम्म नै ल्याइदिने

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएकोमा अब केही सहज हुने भएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्म नै ल्याइदिने भएपछि सहज हुने भएको हो।

अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री अभाव

कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरू सहजै पाउन गाह्रो भएको र पाएपनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरूले बताएका छन् ।

क्वारेन्टिन व्यवस्थापनका लागि नगरपालिकालाई १४ लाखको सामग्री

बालसेवा समाज नेपाल नेर्पा खोटाङले क्वारेन्टिन व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई १४ लाख बराबरको सामग्री प्रदान गरेको छ ।

रेडक्रस रोल्पाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाईटी रोल्पाले जिल्लाका १० स्थानीय तहलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ। कोरोना संक्रमणबाट बच्नका लागि उपयोगी मानिएका मास्क, सेनिटाईजर, ग्लोब्स लगायतका सामाग्री वितरण गरिएको हो।

निर्माण सामग्री जाँच्न नगरमै प्रयोगशाला

भौतिक संरचना गुणस्तरीय बनाउन स्थानीय तहमै गुणस्तर मापन प्रयोगशाला स्थापना गरिँदैछ। ढुंगा, गिटी, बालुवा, माटोलगायत सामग्रीको गुणस्तर परीक्षणका लागि सूर्याेदय नगरपालिकाले कार्यालयमै प्रयोगशाला स्थापना गर्न लागेको हो।

‘सेक्स वर्कर’ महिलालाई राहत सामग्री

सेनाको जागिरे श्रीमान्ले अर्कैको श्रीमती लिएर एक वर्ष अघिदेखि भारतमै बस्न थाले । दुईवटा छोरीको पालनपालनको जिम्मेवारी इटहरीकी राधा(परिवर्तित नाम)को काँधमा आयो । आफू र छोरी लालनपालनका लागि थुपै्रतिर काम खोजिन् । कतै केही भेटिनन, अन्ततः बेला बेलामा ‘सेक्स वर्कर’ को रुपमा उनले काम गर्न थालिन्।

गलत कदमको पाठ

चीन सरकारले चारवटा जहाज किनेपछि दुईवटा ‘फोसा’ मा दिने भनेपछि त्यो कारोबार भएको थियो। निगमले सन् २०१४ र २०१५ मा एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग ती जहाज खरिद गरेको हो। जहाज खरिद गरेपछि निगमलाई घाटामाथि घाटा भएको छ। अहिले कोरोना विषाणुका कारण भएको घाटा झन् धेरै छ।

बाढीपहिरो पीडितको उद्वार गर्न आग्रह

पूर्वसांसद मञ्च, नेपालले बाढी, पहिरो, डुबानबाट पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन र घाइतेको यथाशीघ्र उपचार गर्न सरकारसँग माग गरेको छ ।

भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति नेपालको विरोधपत्र

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै नेपालले भारतलाई विरोध पत्र बुझाएको छ ।

रसुवा भन्सार : सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढ्यो

सोमबारदेखि आयात भएर भन्सार यार्डमा राखिएको सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढेको छ ।

जिल्ला प्रहरी कार्यालयलाई बाणिज्य संघको स्मार्ट टिभी

उद्योग बाणिज्य संघ खोटाङले जिल्ला प्रहरी कार्यालयलाई स्मार्ट टिभी प्रदान गरेको छ ।

डिङ्जी काउन्टी सरकारले दिएका स्वास्थ्य सामग्री फुङ्लिङ आई पुग्यो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि उपलब्ध गराएको आरडिटी किटसहितका सबै स्वास्थ्य सामग्री फुङ्लिङ आई पुगेको छ ।

आवास निर्माणको लागि आवश्यक सामग्री वितरण गर्न शुरु

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणको लागि आवश्यक सामग्री वितरण गर्न शुरु गरिएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत साँगुरीगढी गाउँपालिकामा जस्तापाता लगायतका सामग्रीहरू वितरण गर्न शुरु गरिएको हो ।

व्यापारी आउन नपाउँदा भन्सार जाँचपास अघि बढ्न सकेन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि सामग्री आयात हुन थालेको भएपनि भन्सार जाँचपास भने अझै सुरु हुन सकेको छैन । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् । आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन् ।

रसुवागढी नाका सोमबारदेखि सञ्चालन

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आएको छ । पहिलो दिन चारवटा चिनियाँ गाडीले सामग्री ल्याएर मितेरी पुलमा झारेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्