फेरि अवरुद्ध मदन भण्डारी लोकमार्ग
लामो समयदेखि निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गत उदयपुरको पुरानो गाईघाट (पिजी) चोकमा चौडाई विवाद बल्झेपछि निर्माण अवरुद्ध भएको छ । नगरपालिकाले लागू गरेको २२ मिटर चौडा बनाउने विषयमा दायाँबायाँका स्थानीयले जमिन छाड्न नमानेपछि वर्ष दिनयता सडक निर्माण अवरुद्ध भएको थियो । दुई साताअघि यसमा सहमति जुटेपछि काम सुचारु भएकामा अहिले फेरि विवाद झिकेर अवरुद्ध भएको छ ।