१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पूर्व प्रधानमन्त्री नेपाल रौतहटका दुई क्षेत्रबाट सिफारिस

एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ४ बाट पनि नेपालको नाम सिफारिश गरिएको छ।

काँग्रेस बाजुराको उम्मेदवार छनोटमा सकस,संघमै ७ जनाको सिफारिस

नेपाली काँग्रेसले संघ र प्रदेश निर्वाचन क्षेत्रको हकमा एक जना महिला पर्ने गरी बढीमा तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्य समितिलाई सर्कुलर जारी गरेको छ। तर काँग्रेस बाजुराले त्यो मापदण्ड विपरीत संघमा ७ जनाको र प्रदेश ख मा ५ जनाको नाम सिफारिस गरेको सचिव चरत रोकायाले बताएका छन्।

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी

चन्दले १४ बुँदे प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गरेको हो। भलिबललाई विश्व स्तरमा पुर्‍याउने र नेपालको भलिबलबाट खेलाडी बाँच्न सक्ने आधार बनाउने सहित अध्यक्ष पदमा चन्दले उम्मेदवारी घोषण गरेको हो।

मोरङ १ मा कांग्रेसबाट सभापति लिम्बुसहित ४ जनाको नाम सिफारिस

कांग्रेस क्षेत्र नम्बर १ को बैठकले प्रतिनिधि सभा निर्वाचनको लागि जिल्ला सभापति डिगबहादुर लिम्बुसहित ४ जनाको नाम सिफासि गरेको हो।

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए। राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो।

गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व मैले गरेको हुँः माधव नेपाल

गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए। अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरुले कहिल्यै पनि भुल्न नहुने पटकपटक दोहोर्‍याए।

गच्छदार निर्दोष छ,माधव नेपालको मन्त्रिपरिषद्ले गरेको निर्णय मानेका मात्र हुन्: प्रवक्ता महत

आइतबार पत्रकार सम्मेलनमा प्रवक्ता महतले तत्कालीन प्रधानमन्त्री माधवकुमारको मन्त्रिपरिषद्ले गरेको निर्णय गच्छदारले मानेको मात्र बताए।

घोषणापत्रका लागि एमालेले माग्यो शुभेच्छुकसँग सुझाव

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणा–पत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टीपङ्क्तिलाई यही भदौ १५ गतेसम्ममा सुझाव दिन आह्वान गरेको थियो।

नेपालगन्ज उपमहानगरद्वारा पुरानै मापदण्डअनुसार नक्सा पास

नेपालगन्ज उपमहानगरपालिकाले अहिले पनि स्थानीय निकायको रूपमा रहेका बेलाकै मापदण्डका आधारमा भवनको नक्सा दिइरहेको छ।

पाँच वर्षमै फेरिएको नेपाल आँखा अस्पताल

नेपाल आँखा अस्पताल पुगेर सेवा लिने बिरामी यतिबेला त्यहाँको सेवा लिएपछि आश्चर्यमा पर्छन्।

साताभरमा ५२ अंकले घट्यो नेप्से

गत साता ७५ अंकले घटेको सेयर बजारमा यो साता ५२ अंकले गिरावट आएको छ। यसअघिको साता नेप्से २६ अंकले घटेको थियो।

माथिल्लो ओहोदामा पुग्नेका सन्ततिलाई आरक्षण नदिन सुझाव

नेपाल समावेशी आयोगले मन्त्री, सांसद तथा सहसचिवभन्दा माथिल्लो तहका कर्मचारीका सन्ततिलाई आरक्षण सुविधा नदिन सरकारलाई सुझाएको छ।

राखेपद्वारा खेलकर्मी सम्मानित

राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले ५९औं वार्षिकोत्सवका अवसरमा चार खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्