६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व मैले गरेको हुँः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए। गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए। अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरुले कहिल्यै पनि भुल्न नहुने पटकपटक दोहोर्‍याए।  

उनले भने, ‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो। काँग्रेस गणतन्त्रको पक्षमा आएको थिएन। माओवादी पार्टी गणतन्त्रवादी भएतापनि त्यहाँ भित्र पनि कहिले साँस्कृतिक राजाको कुरा हुने गर्दथ्र्यो। हाम्रो पार्टी भित्र पनि विवाद भयो। २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय ग¥यो। हामीले नै गणतन्त्र ल्याउनका लागि बुटबलबाट आन्दोलनको नेतृत्वका गरेका थियौं। धर्मेन्द्रजीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नुभयो। एउटा निर्वाचन क्षेत्रमा त जितेर देखाउनु पर्‍यो। एउटा निर्वाचन क्षेत्रमा तपाई जित्न सक्नु हुुन्न, एउटा जिल्लामा तपाई जित्न सक्नुहुन्न भ भने अनि अहिले नै राष्ट्रपतिको निम्ति आकांक्षा नराख्नुस्।’

अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन पनि नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई चुनौती दिए। तर चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बास्तोलाले नमिल्ने उनको भनाई थियो। अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा समेत राखे। 

प्रकाशित: १९ भाद्र २०७९ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App