२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेस बाजुराको उम्मेदवार छनोटमा सकस,संघमै ७ जनाको सिफारिस

नेपाली काँग्रेस बाजुराको उम्मेदवारको नामावली सिफारिस मै सकस देखिएको छ। प्रतिनिधिसभा सदस्यमा आकांक्षी उम्मेदवारको संख्या नै धेरै भएपछि जिल्लाबाट सिफारिस गर्न काँग्रेस बाजुरालाई सकस देखिएको हो। प्रतिनिधिसभा सदस्यका लागि मात्रै ७ जनाले आकांक्षी छन्।

नेपाली काँग्रेसले संघ र प्रदेश निर्वाचन क्षेत्रको हकमा एक जना महिला पर्ने गरी बढीमा तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्य समितिलाई सर्कुलर जारी गरेको छ। तर काँग्रेस बाजुराले त्यो मापदण्ड विपरीत संघमा ७ जनाको र प्रदेश ख मा ५ जनाको नाम सिफारिस गरेको सचिव चरत रोकायाले बताएका छन्।

प्रतिनिधिसभाका लागि सहमहामन्त्री बद्री पाण्डे, जनकराज गिरी, कविराज पण्डित, अंगराज तिमिल्सेना, खम्म बहादुर खाती मनबहादुर रावलरशेरबहादुर खातीको नाम सिफारिस गरेको छ। सहमति नभएपछि आकांक्षी ७ जनाकै नाम पठाएको सचिव भरत रोकायाले बताएका छन्। लामो छलफल र समीक्षाले पनि सहमति जुटाउन काँग्रेस नेताहरु असफल भएका हुन्।  

सिफारिस भएका मध्ये बद्री पाण्डे, जनकराज गिरी, शेरबहादुर खाती र मनबहादुर रावल राजनीतिक पृष्ठभूमिका नेता हुन्। खम्म बहादुर खाती वर्तमान सरकारका महान्यायधीवक्ता हुन्। भने अंगराज तिमिल्सेना युएन एजेन्सीका उपल्लो तहका जागिरे हुन्। सिफारिस भएका मध्ये गिरी सिटौला पक्षधर हुन्, भने पाण्डे रावल कोइराला पक्षधर हुन्। बाँकी खातीद्धय, पण्डित र तिमिल्सेना देउवा पक्षधर हुन्।  

एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने अवस्था भएपछि सहमति विनै केन्द्रमा सबै आकांक्षीको नाम पठाएको काँग्रेस नेताहरुको भनाई छ। काँग्रेसले प्रदेश क मा जनक गिरी र नारायण पाध्यायको नामा सिफारिस गरेको छ। गठबन्धन नभए प्रदेश क मा गिरी सर्वसम्मत हुन्।  

यस्तै प्रदेश ख मा पनि ५ जनाको नाम सिफारिस गरेको छ। पार्टी सभापति रामसिंह रावल, चक्रबहादुर शाह, पदम बहादुर शाही, दीपक विक्रम शाह र सुरेन्द्र नाथ योगीको नाम सिफारिस गरेको छ। काँग्रेसले गठबन्धन भएपनि प्रदेश ख मा नछोड्ने संकेत गरेको छ।

काँग्रेसले प्रतिनिधी सभा र प्रदेश सभाको समानुपातिक तर्फ पनि आकांक्षी धेरै हुँदा मापदण्ड विपरित नाम सिफारिस गरेको छ। संघमा विद्या तिमिल्सेना, महा सनाइ नेपाली, जुना दाम.नी, दिपा बोहरा र होमनाथ जोशीको नाम पठाएको छ। भने प्रदेशमा अमृता सिंह, कर्ण बोगटी भोटे, तारा खाती, रंग बहादुर खाती, रनसिंह अयडी, राधिका सुनार र  मंगल सेरालाको नाम सिफारिस गरेको छ।  

समानुपातिकतर्फ एक महिला र एक पुरुष गरि २ जनाको नाम सिफारिस गर्नुपर्ने केन्द्रीय सर्कुलर छ। कोहीले पनि कसैका लागि सहज नहुने र सबैको उम्मेदवार बन्न रहर पछि अन्तिमसम्म दाबी गर्ने सबै जनाको नाम सिफारिस गरिएको पार्टी सचिव भरत रोकायाले बताएका छन्।

गठबन्धन गर्ने र प्रदेश क छोड्ने काँग्रेस बाजुराको संकेत

पार्टी भित्रै उम्मेदवार घटाउन सकस बेहोरेको काँग्रेसले गठबन्धन गर्न तयार रहेको बताएको छ। केन्द्रीय निर्णय र सर्कुलर अनुसार नै गठबन्धन गर्नुपर्ने भएकोले तीन मध्ये एक सिट समाजवादी वा माओवादीलाई छोड्न काँग्रेस तयार देखिएको छ।  

संघमा काँग्रेसबाटै उम्मेदवार बन्ने र प्रदेश ख मा काँग्रेस भित्रकै धेरै नेताहरु आकाक्षी देखिएकोले प्रदेश निर्वाचन क्षेत्र क छोड्न काँग्रेस लचिलो देखिएको छ। प्रदेश निर्वाचन क्षेत्र क बाट काँग्रेसले जनकराज गिरी र नारायण पाध्यायको नाम सिफारिस गरेको छ। गिरीलाई प्रतिनिधिसभामा पनि नाम सिफारिस गरेकोले क निर्वाचन क्षेत्र छोड्न संकेत गरेको हो।

संघमा बद्री पाण्डे, जनकराज गिरी र कविराज पण्डित मध्ये एक जनाले टिकट पाउने निश्चित छ। तर प्रदेश क गठबन्धनका नाममा समाजवादी वा माओवादीलाई छोडे पाण्डे र गिरी मध्ये एक जनाले भेगीय सन्तुलन मिलाउनका लागि पनि टिकट पाउने अनुमान नेताहरुको छ।

प्रकाशित: १९ भाद्र २०७९ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App