७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी

नेपाल भलिबल संघको बुधबार हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। चन्दले आईतबार पत्रकार सम्मेलन गर्दै भदौ २२ गते हुन लागेको नयाँ निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेको हो। 

चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभिए) का कोषाध्यक्ष समेत हुन्। उनी पूर्व भलिबल खेलाडी पनि हुन्।

चन्दले १४ बुँदे प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गरेको हो। भलिबललाई विश्व स्तरमा पुर्‍याउने र नेपालको भलिबलबाट खेलाडी बाँच्न सक्ने आधार बनाउने सहित अध्यक्ष पदमा चन्दले उम्मेदवारी घोषण गरेको हो।

उनको घोषणा सभामा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, पूर्व खेलाडी समेत रहनुभएका सशस्त्र प्रहरी बलका पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व खेलाडी नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल, संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुब, उपाध्यक्ष हर्क सिंह धामी, कोषाध्यक्ष सुनकेशरी माली, सदस्य श्रीराम बोगटी, एभीसी रेफ्री पूर्ण चौलागाईंको उपस्थिति थियो।

प्रकाशित: १९ भाद्र २०७९ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App