१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्व प्रधानमन्त्री नेपाल रौतहटका दुई क्षेत्रबाट सिफारिस

फाइल तस्बिर।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम गृह जिल्ला रौतहटका दुइ क्षेत्रबाट सिफारिस गरिएको छ।

मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभाको चुनावको लागि नेता नेपालको नाम संसदीय क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो। एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ४ बाट पनि नेपालको नाम सिफारिश गरिएको छ। क्षेत्र नम्बर ४ बाट रामकुमार भट्टराईको नाम पनि सिफारिस भएको छ।

रौतहट क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि इन्दु झा, प्रेमनारायण साह तेली, डा. सोहैव तैयव, विक्रान्तविक्रम नेपाल, राजेन्द्र साह र शिवजीप्रसाद रायको नाम सिफारिस  भएको छ। यस्तै जयमंगल प्रसाद यादव, बजरंगी यादव, हरेकृष्ण प्रसाद यादवको नाम पनि सिफारिस भएको छ।

त्यस्तै प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ निलम पासवान, रामआधार सिंह, मो. मकसुद राँकी, जहामीर राँकी, मधु सिंह, दिनेश यादव, गीता देवी कुशवाहा, मनरवा देवी पासवान र वसकित राय यादवको नाम सिफारिश गरिएको छ। यसै गरी हरिनारायण राय यादव, सिमा देवी, दिनेश राम, रामनरेश प्रसाद यादव, सीतादेवी साह, चन्द्रकला यादवको नाम पनि सिफारिस गरिएको छ।

रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सहित ४९ जनाको नाम सिफारिस गरिएको विक्रान्तविक्रम नेपालले जानकारी गराएका छन्।

यसै गरी प्रदेश सभाका लागि क्षेत्र नम्बर ४ को (क) मा प्रत्यक्षतर्फ महेन्द्र चौलागाईं, बालकृष्ण श्रेष्ठ, बाबुराम दाहाल, लक्ष्मण रेग्मी, अमर आले, मदन सापकोटा, विनोद चौधरी, कृष्ण खडका, प्रभाा विक्रम खाण र कृष्णचन्द्र पोखरेल गरी १० जनाको नाम सिफारिस भएको गरिएको छ।

यसै गरी ४ खो (ख) का लागि शेख कलिमुलाह, रामजी साह, राजिन्द्र राम, मोहम्मद अजरुदिन, शेख सतार अहमद, पंकजकुमार जयसवाल, धर्मेन्द्र पटेल र लखिन्द्रप्रसाद साह गरी ८ जनाको नाम सिफारिश छ।  

यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ नन्दलाल साह, हेमबहादुर थापा, जतिलबहादुर परियार, विनिता खरेल, कल्याणी खड्का, विशेश्वर प्रसाद कुशहवा, इन्द्रमाला जयसवाल, रामरती चौधरी, महम्मद तैयब, खुस्तरा जहान र हरिनारायण पटेल गरी १२ जनाको नाम सिफारिस गरिएको छ।  क्षेत्र नम्बर ४ (ख)को समानुपातिकतर्फ सलामोदिन दर्जी, अरुण राम, प्रतीक्षा कार्की, श्यामनन्दन सहनी, हसिमा खातुन र अनिता जिम्बा गरी २१ जनाको नाम सिफारिश भएको एकीकृत समाजवादी रौतहटले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७९ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App