४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङमा रोक

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ।

चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो

चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ।

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बिमा

स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ।

अनिवार्य तथा निःशुल्क शिक्षाको राजनीति

सिरहाको सदरमुकाम सिरहा बजारस्थित शिक्षा विकास तथा समन्वय एकाइको मुख्य ढोका नजिकै छ, मुसहर बस्ती। करिब २२ परिवार रहेका यस बस्तीबाट एकजनाले मात्रै १० कक्षा पास गरेका छन्।

निःशुल्क शिक्षा सुनिश्चित गर्न सरोकारवालाहरूको माग

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा निःशुल्क शिक्षाको सुनिश्चितता हुने गरी प्रावधान राख्न सरोकारवालाहरूले माग गरेका छन्।

भेरी अस्पतालमा बिचौलिया: निःशुल्क उपचारका नाममा पैसा असुल्ने पक्राउ

गहतराजले अप्ठ्यारोमा परेका र आर्थिक रूपले कमजोर भएका बिरामीलाई आफूले अस्पतालमा बसेर निःशुल्क रूपमा उपचार कार्यमा सहयोग गर्दै आएको कुरा अर्जुनलाई बताए। त्यसपछि अर्जुनले गहतराजको सहयोग लिने मनसाय बनाए।

ग्लोबल बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

'उपचार गर्नै आउँदैनन् पक्षघातका बिरामी'

भरतपुर अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचारै नगरी घरै बस्छन्।

सेवा निःशुल्क भएपछि सुरक्षित गर्भपतन गराउने बढे

कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनियाँविरुद्ध निःशुल्क खोप

ललितपुर महानगरले नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने तयारी गरेको छ।

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन्।

सरकार, कहिलेसम्म बाटोमै बच्चा जन्माउने ?

संविधानमा लेखिएको हक उपलब्ध गराउन सबै सर्वसाधारणको पहुँच पुग्ने गरी स्वास्थ्य केन्द्रहरू स्थापना हुनुपर्छ। त्यस्ता स्वास्थ्य केन्द्रमा पर्याप्त जनशक्ति उपलब्ध हुनुपर्छ। स्वास्थ्य केन्द्रसम्म पुग्ने मार्ग सहज र सुगम हुनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्