१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अर्घाखाँचीका ६१ वडामा कांग्रेस वडा अधिवेशनको रौनक

अर्घाखाँचीका ६१ वटै वडामा यही शुक्रवार वडा अधिवेशन हुने भएपछी चहलपहल तीव्र देखिएको छ। चोक–चोक पाटी–पौवा, चौतारो, चियापसल सर्वत्र अधिवेशनकै चर्चापरिचर्चा सुनिन्छ। नयाँ नेतृत्व आउने भएपछी आफ्नै पार्टी र अन्य पार्टीलाई समेत चाँसोको विषय बनेको छ।

थारू गाउँमा माघी रौनक

कोरोना भाइरसका कारण देश लकडाउनमा परेसँगै हर्दौवा, अट्वारी, अष्टिमिकीलगायतका मौलिक चाडपर्व मान्न नपाएको थारू समुदायले यसपटक माघी भने धुमधामसँग मनाउन थालेका छन् ।

देखिएन धान दिवसको रौनक

हिले अधिकांश किसानलाई आ–आफ्नै खेतमा धान रोप्न भ्याइ–नभ्याइ छ। किसान खेतमा धान रोप्न व्यास्त रहँदा असार १५ लाई धुमधामकासाथ धान दिबसकारुपमा मनाउने गरिएको छ। तर, कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष खोटाङमा धान दिवस औपचारिकतामै सिमित भए। किसानहरु खेतमा आँठा हाल्न, बाउसे गर्न र छुपुछुपु धान रोप्न व्यस्त छन् तर सरकारी तवरबाट आयोजना हुँदै आएको धान दिवस औपचारिकताका लागि मात्र आयोजना गरिए।

धान रोपाईमा रौनक बढ्यो

सामान्य अवस्थामा खैरी चन्दनपुरका रामभरत थारु भारतमा मजदुरी गर्थे । तलब बुझेर घर पैसा पठाउँथे । घरका बृद्ध र महिला खेती किसानी जुट्थे । बल्ल तल्ल महिनौ दिन लगाएर रोपाई सक्थे । तर, सपरिवार रोपाई जुट्दा धान रोपाई गर्ने दिन छोटिएको थारुले सुनाए । यतिबेला अवस्था फेरिएको छ । रामभरतको मात्र होईन ।

मिथिलाञ्चलमा होलीको रौनक सुरु

‘रामजीके हाथ कनक पिचकारी, सीयाजीके हाथ अबिर झोरी’ गीतसँगै मिथिलाञ्चलमा होलीको रौनक सुरु भएको छ। धनुषाको कञ्चन वनमा सुरु भएको होलीमा स्थानीयहरूले एक अर्कालाई अबिर लगाएर यसको स्वागत गरेका थिए।

चेली पुज्ने ‘माघे सकराती’

मगर समुदायमा माघे संक्रान्तिको खास विशेषता भन्नु नै चेलीलाई पुज्नु हो। दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम, सद्भाव, विश्वासको वातावरण तय गर्ने एउटा महत्वपूर्ण पर्व हो।

कात्तिक नाचको रौनक

साँझको बेला मञ्चन गरिने ऐतिहासिक कात्तिक नाचले पाटन दरबार क्षेत्रमा रौनकता थपेको छ। साँझ पर्नेबित्तिकै सुरु हुने नाच हेर्न विदेशी पयर्टक बढी आर्कषित देखिएका छन्। नाच मञ्चन गर्दा भगवानको भेषमा पात्र प्रयोग गरिन्छ। त्यसरी सजिएका भगवानरूपी पात्रले कम्मर मर्काउन थाल्छन्। यो दृश्य हेर्न आउनेहरूले डबली भरिभराउ हुन्छ।

भक्तपुरमा गणेश चतुर्दशीको रौनक

घरघरमा भगवान श्री गणेशको पूजा गरी सोमबार भक्तपुरमा गणेश चतुर्दशी अर्थात चोथा पूजा गरिएको छ। साँझ सूर्यास्तसँगै घरघरको झ्याल वा छतमा गणेशको तस्बिर राखेर भगवान गणेशको पूजा गरिएको हो।

पाटनमा जन्माष्टमीको रौनक

श्रीकृष्णजन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै सबैखाले तयारी पूरा भएको छ।

गाईजात्राको रौनक

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई बिहीबार गाईजात्रा विसर्जन गरिन्छ। ‘भगवानले समेत मर्नुपर्छ भन्ने उदाहरण पनि जात्रामा प्रस्तुत गरिन्छ,’ उनले भने, ‘मृत्युबाट कोही पर छैन भन्ने सन्देश यसले दिएको छ।’

मेंहन्दीको रौनक बढ्दो

हरियाली साउन महिना सुरू भएसँगै हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन बढ्ने गरेको छ। झरी बर्सिरहने यस महिनामा महिलाहरू हरियो पहिरन, चुरापोते र मेंहन्दीमा देखिन मनपराउँछन्। हरियो पहिरन, चुरापोते र मेंहन्दीले साउनको व्यापारको रौनक बढाइदिने गरेको छ। यस महिनामा अविवाहित युवतीहरू हातभरी हरियो चुरा र मेंहन्दीमा देखिन इच्छुक हुने हुँदा त्यसको व्यापार फस्टाउने गरेको छ।

यस्तो देखियो इटहरीमा होलीको रौनक (फोटो फिचर)

समानतको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लापूर्वक मनाइँदैछ। प्रेम र स्नेहको चाड होलीको अवसरमा इटहरी तथा आसपासका प्रायः हरेक चोक तथा भित्री क्षेत्रका मुख्य मुख्य स्थानमा भेला भएर रंग दलेर पर्व मनाइ रहेका छन्।

होलीको रौनक

‘आउनुस्, तीन सयमा दुई होलीका टिसर्ट किन्नुस्...।’ हातमा सेतो रंगको ‘ह्याप्पी होली’ लेखिएको टिसर्ट बेच्न ग्राहक बोलाउँदै थिए, चन्दनलाल। कहिले सुन्धाराको गल्ली त कहिले न्युरोडको गेटसम्म पुग्ने उनी दिनभर व्यापारका लागि हिँडिरहने बताउँछन्। मौसम अनुसारको लुगाको व्यापार गर्ने चन्दनलाल कहिले कुर्तीका डिजाइन बेच्ने गर्छन् भने कहिले चिसो मौसमका लुगा।

पश्चिम तराईमा माघी रौनक

पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौधरी भन्छिन्, ‘उतिबेला माघी उत्सव होइन, अभिशाप बन्थ्यो।’ सात वर्षको कलिलो उमेरदेखि कमलरी दासतामा बाँधिनुपर्दा माघीको रौनक कहिल्यै आउन दिएन उनलाई। वर्ष दिनको सय रुपैयाँ ज्याला र एकसरो लुगामा उनले डेढ दशक माघी मालिकसँगको सम्झौतामै बिताइन्।

इभसँगै नयाँ वर्षको रौनक

कोटेश्वरका रोमहर्ष वली अंग्रेजी नयाँ वर्ष मनाउन निकै उत्साहित छन्। न्यु इयर इभ (नयाँ वर्षको अघिल्लो दिन) भने साथीहरूसँगै मनाउने योजना रहेको उनी सुनाउँछन्। ‘आउने अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंबाहिर जाँदैछौं। तर, इभ भने यही मनाउँछु,’ उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्