१० मंसिर २०८१ सोमबार
image/svg+xml

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको खोपाङ भीरमा ठुलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । आइतबार रातिको अविरल वर्षाका कारण गएको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

बाढीपहिरोमा थप ६ जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण थप ६ जनाको ज्यान गएको छ। धादिङ र दार्चुलामा पहिरोले पुरिएर पाँच र रौतहटमा बाढीले बगाएर एकजनाको ज्यान गएको हो। बाढीपहिरोबाट कम्तीमा १५ जना घाइते र सयौं परिवार विस्थापित भएका छन्।

प्रदेश ५ : कतै बस्ती डुबान, कतै सडक अवरुद्ध

अत्यधिक बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । अविरल बर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका वडा न. ५ स्थित सुस्ता गाउँका १ सय ९५ परिवार विस्थापित भएका छन् ।

पहिरोले पृथ्वी राजमार्गको तनहुँ खण्डमा सडक अवरुद्ध

पृथ्वी राजमार्गको तनहुँ खण्डमा अविरल बर्षाका कारण आएको पहिरोका कारण चार स्थानमा राजमार्ग अवरुद्ध बनेको छ ।

पहिरोका कारण आँबुखैरेनी–गोरखा सडक अवरुद्ध

लगातार बर्षातपछिको पहिरोका कारण आँबुखैरेनी–गोरखा राजमार्ग आज अवरुद्ध भएको छ । गोरखा नगरपालिका १२ स्थित सात किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको वडा अध्यक्ष डिलबहादुर थापाले बताए ।

बुटवल–पाल्पा सडक तीनदेखि अवरुद्ध

सोमबार साँझदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक तीन दिनदेखि अवरुद्ध छ । सो सडकको दोभान नजिकै झरेको पहिरो पन्छाउन नसक्दा बाटो अवरुद्ध भएको हो ।

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ।

वर्षात्का कारण डोटीका ग्रामीण सडक अवरुद्ध

दुई दिनदेखि जारी भारी वर्षात्का कारण जिल्लाका अधिकांश ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ। वर्षात्ले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो गएपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन।

अवरुद्ध बनेको हुलाकी सडक निर्माण कार्यलाई तीव्रता दिन अतिक्रमण हटाउने निर्णय

कपिलवस्तुमा अवरुद्ध बनेको हुलाकी सडक निर्माणलाई तीव्रता दिन सडक अतिक्रमण हटाउने निर्णय गरिएको छ ।

नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध

रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ। लगातार रुपमा परिरहेको वर्षाका कारण जमिन भासिएर नहर भत्कँदा यही असार १६ गतेदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो।

बेंसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो

बेंसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो

लगातार दुई पटक संसद् बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक लगातार दुई पटक अवरुद्ध गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको भन्दै कांग्रेसले बुधबार र बिहीबार लगातार संसद् अवरुद्ध गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्