१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेंसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।      

गए राति करिब १ बजे सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको पहिरो खस्दा २०÷२५ मिटर सडक पुरिएको सडक डिभिजन कार्यालय दमौलीका सबइन्जिनियर सुमन अधिकारीले बताए । उनले भने, ‘आज बिहान ७ बजेदेखि एक्साभेक्टरले पहिरो हटाउने काम भए पनि ठूल्ठूला ढुङ्गासहितको पहिरो रहेकाले हटाउन मुस्किल भइरहेको छ ।’ कतिबेलासम्म पहिरो पन्छाउन सकिने यकिन गर्न नसकिए पनि कम्तीमा अपराह्न १÷२ बजेसम्म लाग्ने उनको भनाइ छ । पहिराले सडक अवरुद्ध बनाएपछि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्दा रोकिएका छन् ।      

अविरल वर्षा भएका बेला कुनै पनि समयमा सडकका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाउन सक्ने उच्च सम्भावना छ । यसअघि गत महिनामा मात्र दुई पटक सडक अवरुद्ध भइसकेको छ । त्यस्तै वर्षेनी वर्षायाममा पटक पटक पहिराले ६५ किमिको सो सडक अवरुद्ध बनाउँदै आएको छ ।      

 

 

प्रकाशित: २३ असार २०७७ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App