अविरल वर्षाः बाढी र डुबानको जोखिम
सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम देखिएको छ।
सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम देखिएको छ।
अविरल वर्षासँगै खसेका पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।
अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।
लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ।
बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन्।
अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
केही दिन यता परेको अविरल वर्षाले पहिरो जाँदा राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। केही जिल्लासँगको यातायात सम्पर्क टुटेको छ।
कात्तिक पहिलो साता भएको वर्षाले सुदूरपश्चिम प्रदेशमा ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति पुगेको थियो। प्रदेशअन्तर्गत स्थानीय तहका कृषि शाखाले संकलन गरेको तथ्यांकअनुसार सुदूरपश्चिमका दार्चुलाबाहेकका ८ जिल्लामा ६ अर्ब ३७ करोड रूपैयाँबराबरको धान बाली नष्ट भएको छ।
विराटनगर महानगरपालिकाको तर्फबाट आइतबार मेयर भीम पराजुलीले विराटनगर–१ स्थित धर्मशाला चोकमा बाढीले बगाएर निधन भएको कामतको घरैमा पुगेर उनका बुवा बैजनाथ कामतलाई किरिया खर्चका लागि ५० हजारको चेक प्रदान गरे।
वर्षाले पराल भिज्दा सुदूरपश्चिमका पशुपालक किसानलाई पशुपालनमा समस्या थपिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए
चाँडै पाक्ने धान लगाएका गौरीगंगा–७, का किसान गंगाराम चौधरीले धान भित्र्याइ सके पनि सोही खेतमा छरिएको तोरी र मसुरो काम नलाग्ने भएको छ।
डिएसपी शर्माका अनुसार र्खेल गाउँका केही घरहरु पहिरोको जोखिममा छन्। ति घरका मानिसहरुलाई आफन्तको सुरक्षित घरमा बस्न सल्लाह दिइएको उनले बताए।