१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको खोपाङ भीरमा ठुलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । आइतबार रातिको अविरल वर्षाका कारण गएको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सडक खण्डमा ठूलो पहिरो गएको कारण तत्काल सडक सञ्चालनमा आउने सम्भावना छैन । सडक खुलाउनका लागि पहल भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । ‘आधा सडक नै पहिरोले लगेको छ’, उनले भने, ‘मंगलबार दिउँसोबाट सडक खुलाउने काम सुरु हुने सम्भावना छ ।’ यसका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरिररहेको उनको भनाइ छ ।

बर्खा सुरु भएसँगै सडक खण्डको नयाँ नयाँ क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण बर्खाको समयमा यो सडक अवरुद्ध हुँदै आएको छ । त्यसैगरी रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडक साउन १ गतेदेखि नै बन्द छ ।

प्रकाशित: १९ श्रावण २०७७ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App