१० मंसिर २०८१ सोमबार
image/svg+xml

क्षेत्राधिकार मिचेको भन्दै संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक लगातार दुई दिन अवरुद्ध गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको भन्दै कांग्रेसले बुधबार र बिहीबार संसद अवरुद्ध गरेको हो ।

आँबुखैरेनीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनीस्थित ऐन पहरा नजिकै पहिरो जाँदा चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान साढे ६ बजेदेखि लगातार पहिरो खसिरहेको छ।

सडक भत्कियो, सबै यातायात सेवा अवरुद्ध

शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन्।

कांग्रेसद्वारा संसद् अवरुद्ध

सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल अगाडि नबढाएको भन्दै नेपाली कांग्रेसले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । बिहीबार दर्ता गराएको कोभिड–१९, अर्थात् कोरोना भाइरस सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा माथि छलफल अगाडि बढाउनुपर्ने नेपाली कांग्रेसको माग छ ।

वर्षासँगै आएको पहिरोले उदयपुरको पहाडी सडक अवरुद्ध

केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध हुनपुगेका छन्।

ठेकेदारले कालोपत्रे नगरेपछि स्थानीयद्वारा बारपाक सडक अवरुद्ध

गोरखाको बाह्रकिलोदेखि बारपाक सडक खण्डमा लामो समयदेखि काम रोकिएपछि स्थानीयले कालोपत्रे छिटो गर्न माग गर्दै आज सडक अवरुद्ध गरेका छन्। गोरखा नगरपालिका वडा नम्बर १० सिर्दी खोला पुलमा भेला भएका स्थानीयले सडकमा ग्राबेल बिच्छ्याएको लामो समयसम्म कालोपत्रे नगर्दा धुलाम्य भएको भन्दै अवरुद्ध गरेका हुन्।

स्थानीयद्वारा बारपाक सडक खण्ड अवरुद्ध

गोरखाको सिरानचोक गाउँपालिका ६ नयाँसाँघुका स्थानीयले सडक कालोपत्रे समयमै नगरेको भन्दै बाह्रकिलो–बारपाक सडक खण्ड अवरुद्ध पारेका छन्। २०७३ सालमा दुई वर्षभित्र कालोपत्रे पूरा गर्ने गरी नागार्जुन त्रिसुली जेभीले ठेक्का लिएको उक्त सडक अहिलेसम्म कालोपत्रे भएको छैन। कालोपत्रे छिटो गर्न दबाव दिने उद्देश्यले स्थानीयले सडकमा भेला भएर, बाँस तेर्साएर बाटो अवरुद्ध गरेका छन्।

स्थानीयले विपी राजमार्ग अवरुद्ध गरेपछि रक्षामन्त्री पोखरेल बाटैमा रोकिए

बिपी राजमार्गको खुर्कोट नजिक सवारीको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोसित स्थानीयले राजमार्ग अवरुद्द गरेका छन्।

दुुवै सदन अवरुद्ध

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको कमिसनसम्बन्धी अडियो सार्वजनिकपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदन अवरुद्ध गरेको छ।

काठमाडौंको आकाश दुई घन्टा सेनाको नियन्त्रणमा

त्रिभुवन विमानस्थलको कमजोर व्यवस्थापनका कारण यात्रुले सास्ती खेप्ने गरेको कुरा नयाँ थिएन। कहिले रनवे भत्केर उडान त कहिले भिआइपी सवारीका कारण उडान सेवा घन्टौं अवरुद्ध हुने समस्या नेपालमा नियमित जस्तै छ।

योजनाको भुक्तानी नहुँदा डेढ महिनादेखि संसद अवरुद्ध

प्रदेश २ को विभिन्न मन्त्रालयबाट वितरण भएका ८ सय ४२ योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिले दुःख पाएको भन्दै सत्ता र प्रतिपक्षका सांसदले पुषदेखि संसद अवरुद्ध पर्दै आएका छन्।

कांग्रेसको अवरोधपछि तेस्रो दिन पनि संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक तेस्रो दिन पनि अवरोध गरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाएको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरोध गरेका थिए।

गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्‍यो संसद अवरोध, बैठक स्थगित

सभामुख अग्नि सापाकोटाले काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सभामुख शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्