८ वैशाख २०८१ शनिबार
समाज

आँबुखैरेनीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग स्थित आँबुखैरेनी खसेको पहिरो। तस्विर:नागरिक

तनहुँको आँबुखैरेनीस्थित ऐन पहरा नजिकै पहिरो जाँदा चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान साढे ६ बजेदेखि लगातार पहिरो खसिरहेको छ।  

‘राजमार्गमा मुग्लिन तर्फबाट आएका र आँबुखैरेनी हुँदै मुग्लिन तर्फ जाने सवारी दुई घण्टा देखि रोकिएका छन्। ‘ढुङ्गा खसिरहेकाले बाटो खुलाउन समस्या भएको छ’ प्रहरी निरीक्षक भुषालले भने। करिब १५ मिटर पहिरो सडकमा खसेको छ।। लकडाउनका बेला सवारी पहिले भन्दा थोरै संख्यामा भएपनि अत्यावस्यक कामले हिँडेहरु बिच बाटोमै रोकिएका छन्।

प्रकाशित: ९ असार २०७७ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App